स्याङ्जा १९ भदौ । मंसिर ४ गतेको संघिय तथा प्रादेशिक निर्वाचनका लागि नेपाली काँग्रेस स्याङ्जाकातर्फबाट १ सय ९ जनाको आकांक्षा रहेको छ।
यहाँका २ संघिय र ४ प्रादेशिक निर्वाचनका लागि एक सय ९ जनाले उम्मेदवार बन्न इच्छा गर्दै पार्टी कार्यालयमा दर्ता गराएका हुन।
कांग्रेसका क्रियाशिल ब्यक्तिले इच्छाएको पदमा उम्मेदवार दर्ता गराउन पाउने प्रावधान अनुरुप दर्ता आब्हान गरिएको थियो। एक दिनका लागि गरिएको आब्हानमा प्रत्यक्षतर्फ ५१ जना र समानुपातिकतर्फ ५८ जनाले उम्मेदवारी दर्ता गरेका हुन
संघिय सभा (प्रतिनिधि) सदस्यका लागि क्षेत्र नं. १ बाट ८ जना र क्षेत्र नं. २ बाट १० जना प्रत्यक्षतर्फ आकांक्षी देखिएका हुन्।
एकतर्फ काँग्रेस केन्द्रिय उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, जिल्ला सभापति राजु थापा, महासमिति सदस्य गोविन्दबहादुर रानाभाट, निवर्तमान कार्यबहाक सभापति बुद्धिबहादुर राना (कुमार), पूर्वप्रवक्ता इन्द्रबहादुर गोदार, काँग्रेस नेता खुमाप्रसाद अर्याल र सुवोधकुमार अधिकारी छन्।
क्षेत्र २ मा केन्द्रीय उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य सरस्वती तिवारी, गण्डकी प्रदेश सांसद एवं काँग्रेस सचेतक भागवतप्रकाश मल्ल, संघीय सांसद मोहन पाण्डे, पूर्वसांसद शंकर पाण्डेय, पूर्वसभापति खगेन्द्रराज रेग्मी, पूर्व नगरप्रमुख भोजराज अर्याल, लालगोपाल अर्याल र काँग्रेस नेता खुमा अर्यालले दर्ता गरेका हुन।
यसैगरी, क्षेत्र नं. १ (क) मा प्रत्यक्षतर्फ प्रवक्ता भरतप्रसाद लम्साल, गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठ, प्रदेश सदस्य अजित क्षेत्री, महाधिवेशन प्रतिनिधि इन्द्रबहादुर रिजाल, बोधराज अर्याल, जनकराज काफ्ले, केशरबहादुर खाँण, जिल्ला सदस्य नवराज सुवेदी, विद्यार्थी नेता पवन नेपालगरी ९ जनाले उम्मेदवारी दर्ता गरेका हुन।
क्षेत्र नम्बर १ (ख) मा प्रत्यक्षतर्फ ८ जना उम्मेदवारी दर्ता गरेका हुन। महासमिति सदस्य तुलसी गिरी, महासमिति सदस्य ईन्जिनियर अनुप श्रेष्ठ, आँधीखोला गाउपालिका अध्यक्ष नरेन्द्रराज पौडेल, फेदिखोला गाउँपालिका अध्यक्ष महेन्द्र थापा, कांग्रेस नेताहरु जगदिश पौडेल, रामचन्द्र पौडेल, पदमबन्धु पोखरेल, शिवबहादुर थापा छन्।
क्षेत्र नम्बर २ (क) मा प्रत्यक्षतर्फका ८ जना मध्ये अर्जुनप्रकाश अर्याल, दामोदर लम्साल, केदार काफ्ले, पूर्वप्रमुख छाँयाराम खनाल, महाधिवेशन प्रतिनिधि कल्पना तिवारी, महाधिवेशन प्रतिनिधि विष्णु पौडेल, अर्जुनप्रसाद खनाल र टंकप्रसाद गैरे छन्।
क्षेत्र २ (ख) मा प्रत्यक्षतर्फ नगर सभापति महेश भट्टराई, नेता शेषकान्त पुरी, पुर्व नगरउपप्रमुख शिव गिरी, नेता यामप्रसाद पाण्डे, महाधिवेशन प्रतिनिधीहरु युवराज पाण्डे, धुर्बप्रसाद शर्मा, श्यामप्रसाद बस्याल र रामभक्त भट्टराईगरी ८ जना छन्।
यसैगरी, संघको १ मा समानुपातिकतर्फ १० र २ मा ४ जनाले दर्ता गरेका छन्।
प्रदेश १ को क मा ८ जना, ख मा १५, प्रदेश २ को क मा ११ र ख मा १० जनाले उम्मेदवारी दर्ता गराएको कांग्रेस प्रवक्ता भरतप्रसाद लम्सालले जानकारी दिनुभयो।
दर्ता गराउनेमा पूर्वमन्त्री, मन्त्री, सांसद, पूर्व सांसद, जिल्ला सभापति, पूर्व सभापति र स्थानीय तथा वडास्तरका नेताहरु समेत रहेका छन्।
असोज १८ शनिवार आकांक्षीहरुका नाम सबै गण्डकी प्रदेशमा बुझाइएको छ ।
Tuesday, December 2
Trending
- भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
- पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
- त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
- गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
- भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
- वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
- मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
- एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
