स्याङ्जा २८ असोज । पुतलीबजार नगरपालिका वडा नं १३ लाम्पाटा बजार ब्यवस्थापन समितिले नजिकिदै गरेको विजयादशमीको अवसर पारेर साधारणसभा सहित बिबिध कार्यक्रम सम्पन्न गरेको छ । समितिले शुभकामना आदान प्रदान, चियापान तथा जेष्ठनागरिक सम्मान लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ ।
सभा सहित बिबिध कार्यक्रमको उदघाटन गर्दै वडा अध्यक्ष जुद्धबहादुर थापाले चाडपर्वको सांस्कृतिक एवं सामाजिक महत्वलाई कायम राख्दै आ आफना अवस्था अनुरुप मनाउनु पर्नेमा जोड दिदै नजिकिदै गरेको विजयादशमीको शुभकामना ब्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा पूर्व जिविस सभापति रामबहादुर थापा, मातृभूमि बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष ख्यामनारायण अधिकारी, पूर्व अध्यक्ष धुवराज अधिकारी, समाजसेवी आश्विनप्रसाद अर्याल, बालचन्द थापा, मुक्ति सुवेदी, तारकबहादुर थापा, कृष्ण अधिकारी, गंगाराज श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
बजार ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जमूना सिंह शाहीले स्वागत एवं सचिव भिम रानाले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा ८० बर्ष उमेर पुगेका १२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
