Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शिक्षक संघ स्याङजाको २५ औं प्रतिनिधिसभा सम्पन्न
    पुतलीबजार नगरपालिका

    शिक्षक संघ स्याङजाको २५ औं प्रतिनिधिसभा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshMarch 9, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ फागुन । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति स्याङ्जाले शनिवार २५ औं प्रतिनिधिसभा स्याङ्जा सदरमुकाममा सम्पन्न गरेको छ ।

    सभाको उदघाटन गर्दे पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले दक्ष जनशक्ति निर्माण गर्ने जिम्मा गुरुबर्गको रहेको बताउनुभयो । उहाले शिक्षकका हक, हित, अधिकार सुनिश्चििताका लागि शिक्षा आफु र आफनो पार्टी प्रतिवद्ध रहेको जनाउनुभयो ।

    शिक्षा ऐन संशोधनको अन्तिम गृहकार्यमा पुगेको बताउदै बर्तमान अनपेक्षित घटनाले सो कार्य रोकिएको जानकारी गराउनुभयो । नेपाली कांग्रेस हिजो पनि ठूलो पार्टी थियो । आज पनि छ र भोली पनि ठूलो नै रहने दावी गर्नुभयो । हात्ती लम्कने हो । भुक्नेहरु भुकिरहन्छ उहाले भन्नुभयो ।

    क्षेत्र नं. १ वाट निर्वाचित संघिय सासद राजु थापाले मुस्कान सहित बिद्यालय छिरेको शिक्षकले गुणस्तरीय शिक्षा दिन सक्ने बताउदै शिक्षकका सेवा सुबिधा लगायतमा ध्यान दिनु पर्ने बताउनुभयो । उहाले शिक्षा सेवाका लागि मात्र नभई शिक्षकका क्षमता अभिबृद्धि, सेवा सुविधा, तलबमा पनि बृद्धि हुनुपर्नेमा जोड दिनुभयो । सहभागी शिक्षकलाई इंगीत गर्दै उहाले भन्नुभयोे, ‘सरकारमा रहदा वा नरहदा पनि शिक्षकका हक, हितका पक्षमा नेपाली कांग्रेस संगै छ ।’

    कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जीटी, नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभपाति एवं पूर्वमन्त्री मेखलाल श्रेष्ठ, गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराई, प्रवक्ता एवं शिक्षक संघका पूर्व उपाध्यक्ष भरतप्रसाद लम्साल, महाधिवेशन प्रतिनिधि सदस्य सीता गौडेल, शिक्षक संघ गण्डकी प्रदेश सदस्य गायत्री आचार्य, कांग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, महासमिति सदस्य अनुप श्रेष्ठ, शिक्षक महासंघका कार्यवाहक अध्यक्ष बन्दना लम्साल, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, ट्रेड यूनियन कांग्रेसका अध्यक्ष दुर्गाबहादुर रोका, शिक्षक संघ पुृतलीबजार नगर अध्यक्ष लेखनाथ शर्मा लगायतले शुभकामना सहित बिभिन्न राजनीतिक आन्दोलनमा शिक्षकका योगदानका बारे चर्चा परिचर्चा गर्नुभयोे ।

    सभामा महिलातर्फका उपाध्यक्ष बाटुली अधिकारीले महिला सम्बन्धी प्रतिवेदन, अर्थ सचिव कमल लम्सालले आर्थिक प्रतिवेदन, सचिव युवराज ढकालद्धारा प्रस्तुत सांगठनिक प्रतिवेदन पारित गरिएका छन् ।

    नेपाल शिक्षक संघ स्याङ्जाका अध्यक्ष पशुपति पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष परशुराम भट्टराईले स्वागत एवं सचिव युवराज ढकाल र सहसचिव शिव ढकालले संचालन गर्नुभएको थियो ।

    सोही कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, केन्द्रिय महाधिवेशन प्रतिनिधि सीता गौडेल, नेपाल ट्रेड युनियन कांग्रेसका दुर्गाबहादुर रोका, शिक्षक संघ गण्डकी प्रदेश सदस्य इन्दिरा केसी र गायत्री आचार्य र महेशराज रेग्मीलाई सम्मान गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.