स्याङ्जा ३० भदौ । हरितालिका तीजको अवसर पारेर पुतलीबजार नगर स्तरीय शिक्षक संघले शुभकामना आदान प्रदान, सास्कृतिक एवं दरखाने कार्यक्रम गरेको छ ।
पुतलीबजार नगरपालिका १ अभियानपथमा आयोजित कार्यक्रमको उदघाटन गर्दै उपप्रमुख देवी अर्यालले शिक्षकहरु सबै बौद्धिक बर्गमा पर्ने बताउनुभयो । उहाले शिक्षण पेशाको सम्मान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा शिक्षकहरु बिगतदेखि नै लागिपरेको स्मरण गराउनुभयो । पेशाप्रतिको लगाव र सम्मानले मानिसलाई महान बनाउने उहाको भनाई छ । शिक्षण पेशाबाट आफु आजको स्थानसम्म आउन सफल भएको बताउदै तीजको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, संघका जिल्ला सभापति पशुपति पौडेल, नेपाल शिक्षक महासंघका कार्यवाहक सभापति बन्दना लम्साल, शिक्षक संघका सचिव युवराज पौडेल, शिक्षा समिति सदस्य दुर्गा अर्याल लगायतले शिक्षकका समस्या र आवश्यकताका बारेमा जानकारी गराउनुभयो ।
पुतलीबजार नगर शिक्षक संघका सभापति लेखनाथ शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति रामचन्द्र उपाध्यायले स्वागत एवं सचिव कृष्ण लामिछानेले संचालन गर्नुभएको थियो ।
यसैगरी, मिना ढकालको संयोजकत्वमा १३ सदस्यीय पुतलीबजार नगर स्तरीय शिक्षक महिला बिभाग समेत गठन गरिएको छ ।
