Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘शसस्त्र गुल्मलाई जग्गा उपलब्ध गराउन वालिङ्बासीको माग’
    वालिङ् नगरपालिका

    ‘शसस्त्र गुल्मलाई जग्गा उपलब्ध गराउन वालिङ्बासीको माग’

    Syangja SandeshBy Syangja SandeshFebruary 12, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ माघ । बिद्यालयको नाममा रहेको जग्गामा बिगत २१ बर्षदेखि बस्दै आएको शसस्त्र प्रहरी गुल्मलाई जग्गा उपलब्धगराई ब्यवस्थित राख्न वालिङ्बासीको माग छ।


    वालिङ्मा आयोजित गुल्मलाई जग्गा ब्यवस्थापन सम्बन्धी अन्र्तक्रियामा सो कुराको माग भएको हो। सशस्त्र द्धन्दका बेलादेखि आजसम्म आमनागरिकका शान्ति सुरक्षामा अहोरात्र खटिदै आएको गुल्मको ब्यवस्थापन सहित स्थायी रुपमा राख्न स्थानीयबासीको मागलाई जनप्रतिनिधीले समेत चासो बढाएका छन्।


    पूर्णामृत भवानी माध्यमिक विद्यालयको स्वामित्वको जग्गामा गुल्म छ। विस २०५८ मा वालिङ्को भकुण्डेमा स्थापित वेस क्याम्पलाई २०७५ सालमा स्तरोन्नतीगरी अहिलेसम्म शसस्त्र प्रहरी गुल्म न. ३० हेडक्वाटर स्याङ्जाको नामबाट सेवारत छ।
    गुल्ममा प्रहरी नायब उपरीक्षकको कमाण्डमा देखि १६० को दरबन्दी सहित शसस्त्र प्रहरी कार्यरत छन्।

    तर, आफनो स्वामित्वको जग्गा नहुँदा सरकारबाट उपलब्ध गराउने नियमित बजेटका साथै आवश्यकता अनुरुपका भौतिक निर्माण गर्न नपाउदा अत्यन्त कठिनपूर्ण अवस्थामा रहेको गुल्म प्रमुख (प्रहरी नायब उपरीक्षक) राजनलाल श्रेष्ठले जानकारी दिनुभयो ।


    उहाका अनुसार, करिब २९ रोपनी जग्गामा अस्थायीरुपमा निर्मित जीर्ण भवनमा बसेका छौं। हिउँद जेनतेन कटे पनि बर्षातमा निकै कठिन हुन्छ। छानो र भित्ता चुहिन्छन्।

    जटिल अवस्थामा आएर हाम्रो शान्ति सुरक्षाका निम्ति खटिएको गुल्मलाई वालिङमै राख्नु पर्ने बताउनुहुन्छ गण्डकी प्रदेशसभा सदस्य सरस्वती तिवारी। बजारदेखि घ्याङलिङ डाँडामा रहेको गुल्म यसक्षेत्रको सुरक्षाको लागि पनि अत्यन्तै उपयोगी हुने हुदाँ यथास्थानमै स्थायी रुपमा राख्नुपर्ने उहाको भनाई छ।


    गण्डकी प्रदेशसभा निर्वतमान सदस्य मोहनप्रसाद रेग्मीले समेत यहाँ बढ्दो जनघनत्व र दिर्घकालिन विकास र समृद्धिका लागी गुल्मको आवश्यकता बढेको जनाउनुभयो।


    नगरप्रमुख कृष्ण खाँणले नगरको शान्ति सुरक्षासंगै विपत् ब्यवस्थापनका क्षेत्रमा बिगतदेखि नै छिटो, छरितो धेरै प्रकारका सहयोग पाउदै आएकोले पनि गुल्मलाई स्थायीरुपमा राख्नै पर्नेमा जोड दिनुभयो । उहाले भन्नुभयो , ‘आउदो ३ महिनाभित्र जग्गा व्यवस्थापन गर्नेगरी प्रक्रिया अघि बढेको छ।’


    विस २०७५ मा वालिङ नगरकार्यपालिका बैठकले शसस्त्र प्रहरी बललाई जग्गा उपलब्ध गराउन सकिनेगरी निर्णय गरे पनि विद्यालयले ब्यवस्थापन समितिले स्वीकार नगरेको पुर्णामृत भवानी माविका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले बताउनुभयो ।


    जिल्लाको मध्य भागमा रहेको वालिङ्मा एउटा सुरक्षा फौज राख्न आवश्यक देखिन्छ। किनकी, नेपाल प्रहरी र नेपाली सेनाको मुख्यालय सदरमुकाम केन्द्रित माथिल्लो भेगमा छ। भने, सशस्त्रको गुल्म वालिङ् राखिदा तल्लो भेग पनि समेटिने हँुदा दुबै क्षेत्रमा सुरक्षाकर्मीको मुख्यालय रहने जिल्लाबासीका भनाई छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.