Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, October 19
    Trending
    • यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु
    • बैदिक सनातन अनुरुपको राजनीति
    • वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण
    • स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने
    • सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य
    • पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर
    • स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन
    • पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विकासका बाधकलाई चिन्ने बेला आएको छ — प्रमुखका उम्मेदवार दिलिपप्रताप खाँण
    राजनीति

    विकासका बाधकलाई चिन्ने बेला आएको छ — प्रमुखका उम्मेदवार दिलिपप्रताप खाँण

    Syangja SandeshBy Syangja SandeshMay 10, 2022Updated:May 10, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ बैशाख । वालिङ नगरपालिकाका प्रमुख पदका उम्मेदवार एवं निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङको विकासमा बाधक बन्नेहरुलाई नागरिकले मूल्याङ्कन गरी जवाफ दिने बेला आएको बताउनुभएको छ ।

    आज वालिङ नगरपालिकाको वडा नं। १४ का चालिसे, तिवारी पसल, कपासे, दाङ्से, पेखु देउराली वडा नं। ९ को राउतडाँडा लगायतका स्थानहरुमा टोल भेला तथा घरदैलो कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

    २०७४ सालमा जनप्रतिनिधिहरु निर्वाचित भएर आईसकेपछि वालिङलाई स्मार्ट सिटी बनाउनकालागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु बनाएर अगाडि बढेको प्रमुख पदका उम्मेदवार दिलीपप्रताप खाँणले बताउनुभयो ।

    “वालिङ नगरपालिका र सडक विभागबीच वालिङ नगरपालिकाभित्र पर्ने १३ किलोमिटर सिद्धार्थ राजमार्गलाई चौडा गर्ने सहमति भई काम शुरु ग¥यौं” उहाँले भन्नुभयो, “तर सडक विभागका कर्मचारीमाथि चर्को दबाब सिर्जना गरी सम्झौता अनुरुप काम हुन दिईएन, यसर्थ वालिङको विकासमा सकिन्छ सहयोग गरौं, सकिंदैन बाधक नबनौं ।”

    सिद्धार्थ राजमार्ग साँघुरो भएकै कारण सवारी दुर्घटना हुँदा अकालमै मृत्युवरण गर्नुपर्ने अवस्थाको न्यूनिकरण भएको तर पूरा गर्न बाधा उत्पन्न गरेकैकारण समयमा सम्पन्न हुन नसकेको निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

    सडक चौडा गर्दा निस्केको माटोले आँधीखोलाका दुबै किनारामा तटबन्धसँगै करिडोर बनाईएको र बसपार्कमा माटो हालेर सम्याउने कार्य गरिएको उहाँले बताउनुभयो ।

    “स्मार्ट सिटीकालागि वालिङ नगरपालिकाले प्राप्त गर्नुपर्ने एक अर्व रुपैयाँ यसअघिको केन्द्र सरकारले कटौति गरिदिएको छ” प्रमुखका उम्मेदवार दिलीपप्रताप खाँणले भन्नुभयो, “वालिङको विकासकालागि बिनियोजित रकम कटौति गरेर वालिङमाथै नै घात गरिएको छ, वालिङको विकासमा बाधक बन्नेहरुलाई यहाँका नागरिकले आफ्नो मतमार्फत जवाफ दिनुपर्छ ।”

    एकीकृत बस्ती विकासकालागि सुर्कौदीमा काम अगाडि बढाउँदै गर्दा विभिन्न अवरोधहरु सिर्जना गरेर कित्ता काट गर्न रोकियो जसले गर्दा जग्गाधनी र कृषकहरु मर्कामा परेको यथार्थता छर्लङ्ग रहेको उहाँले बताउनुभयो ।

    नेकपा एमाले नेतृत्वले विकासका नाममा कृषि, पशुपालन फर्म, सहकारीका नाममा आएका बजेटहरु जति काम भएका छन् त्यति उपलब्ध गराउँदा बजेट फ्रिज गराईयो भनेर भ्रम छरियो यो सत्य नभएको उहाँले बताउनुभयो ।

    “कृषि, पशुपालन फर्म तथा ब्यक्तिका नाम तोकेर बजेट आएको थियो, जति काम भएको छ त्यसको मूल्याङ्कनका आधारमा रकम भुक्तानी गरेर बाँकी रकम केन्द्र सरकारलाई नै फिर्ता गरेका हौं” नगर प्रमुखका उम्मेदवार दिलीपप्रताप खाँणले भन्नुभयो, “काम पूरै नगरीकन सबै रकम माग गर्नुभएको थियो दिएनौं, हामी अनियमितता, भ्रष्टाचार गर्दैनौं र कसैलाई गर्न पनि दिंदैनौं ।”

    वालिङ नगरपालिका नेपाल सरकारबाट पटक पटक उत्कृष्ट भई पुरस्कृत हुँदै आएको बताउँनुहुँदै केही काम गरेकै आधारमा देशभरमा उत्कृष्ट भएको होला नगरको भए कसरी उत्कृष्ट बन्थ्यो रु उहाँको प्रतिप्रश्न थियो ।

    कार्यक्रममा उपप्रमुखका उम्मेदवार कविता तिवारीले आर्थिक विकास विना नगरको विकास संभव नहुने भएकाले यहाँका नागरिकहरुलाई उद्यमशीलतातर्फ जोड्दै अगाडि बढ्ने बताउनुभयो । वालिङका नागरिकहरुलाई सँगसँगै लिएर हिड्न नेपाली काँग्रेस नेतृत्वको सरकार अनुभवी, कर्मशील र बोलेका कुराहरु पूरा गर्ने भएकाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई मत दिएर बिजयी बनाउन आग्रह गर्नुभयो ।

    कार्यक्रममा महाधिवेशन प्रतिनिधि विष्ण्ुा पौडेल, वडा नं। १४ का वडा अध्यक्षका उम्मेदवार बोधराज कुँवर ९राजु० ले नागरिकहरुको सुख दुखमा आँफूहरु निरन्तररुपमा सँगै रहेको यसअघिका महामारी, विभिन्न घटनाक्रमले देखाईएको बताउँदै फेरि पनि निरन्तर सेवा गर्ने अवसर दिनकालागि काँग्रेसलाई रुख चिन्हमा मतदान गरी बिजयी बनाउन अनुरोध गर्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग

    October 18, 2025

    फोहोरमैला व्यवस्थापनबाटै वालिङले २७ लाख आम्दानी

    October 18, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    वालिङमा ‘आँधीखोला करिडोर’ कालोपत्रे काम धमाधम

    September 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.