Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, August 27
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ्ले खुलायो ५ वटा वडामा जग्गा कित्ताकाट सुरु
    अर्थ

    वालिङ्ले खुलायो ५ वटा वडामा जग्गा कित्ताकाट सुरु

    Syangja SandeshBy Syangja SandeshMay 16, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ जेठ । लामोसमय जग्गाको कित्ताकाट रोकिदा अंशबण्डा देखि जग्गाको लेनदेन र कारोवारमा समस्या हुदै आएको थियो । जग्गाको बर्गिकरण गर्ने जिम्मेवारी स्थानीयतहलाई दिइएपनि अहिले सम्म छुट्टाउन सकेका थिएनन् ।

    ढिलै भएपनि स्याङ्जाको वालिङ नगरपालिकाले भने आंशिक कित्ताकाट शुरु गरेको छ । राष्ट्रिय भु–उपयोग ऐन २०७६ र नगरपालिकाको भु–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्ड तथा आधारहरु, २०७९ अनुसार वालिङ नगरपालिकाले जग्गाको बर्गिकरण गरेपछि जग्गाको कित्ताकाट सुरु हुने भएको हो ।


    आंशिक रुपमा कित्ताकाट सुरु भएको नगरपालिकाद्वारा जारी सुचनामा उल्लेख गरिएको छ । वालिङ नगरपालिका भित्रका ५ वटा वडाहरुमा कित्ताकाट सुरु भएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जारी गरेको सुचनामा उल्लेख छ ।

    नगरपालिकाका वडा नं।६, ८, ९, १० र १३ मा कित्ताकाट सुरु भएको हो । कित्ताकाट शुरु हुने वडाको जग्गा वर्गीकरण गरी सम्बन्धित मालपोत र नापी कार्यालयमा पठाइसकिएको शर्माले जारी गरेको सूचनामा उल्लेख छ । कित्ताकाट गरिएका वडाका नागरिकहरुले स्रेस्ता कायम गर्नुपर्ने भएमा सक्कल लालपुर्जा लिई मालपोत कार्यालयमा जान नगरपालिकाले अनुरोध गरेको छ ।


    वालिङ नगरपालिकाले कृषि र गैह्र कृषि जग्गा सहित राष्ट्रिय भु—उपयोग ऐन २०७६ अनुसार छुट्टाएर पठाएकोले अब कित्ताकाट शुरु हुने मालपोत कार्यालय वालिङका सुचना अधिकारी जिवनाथ पौडेलले जानकारी दिनुभयो । मापदण्ड पुगेर आएका जग्गाको काम हुने उहाले बताउनुभयो ।

    नगरपालिकाले आंशिकरुपमा मात्रै कित्ताकाट शुरु गरेपछि नागरिकमा असन्तुष्ट देखिएको छ । १, २, ३, ४, ५, ७, ११, १२, १४ लगायतका वडाहरुको कित्ताकाट भने केहीदिन पछि शुरु हुने नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।

    १४ वडा रहेको नगरपालिकामा ५ ओटा वडामा मात्रै कित्ताकाट शुरु हुने र अन्य ९ ओटा वडाको कित्ताकाट खुलाउन ढिलाई गरेको भन्दै नागरिकले असन्तुष्टि पोखेका हुन् । नगरपालिकाले कित्ताकाट खुलाएका वडाहरु सिद्धार्थ राजमार्गले छोएको छ । राजमार्गले छोएका जग्गालाई घरबाटो कायम गर्न र गैह्र कृषियोग्य जमिन भन्न सजिलो भएकाले बर्गिकरणमा सहज भएको बताइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.