Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ्मा कृषि, पशु उद्यम परियोजना सुरु
    वालिङ् नगरपालिका

    वालिङ्मा कृषि, पशु उद्यम परियोजना सुरु

    Syangja SandeshBy Syangja SandeshOctober 2, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ असोज । ‘वालिङ् कृषि र पशु उद्यमशीलता विकास परियोजना’ सम्वन्धी प्रशिक्षण एवं अभियान सुरु भएको छ। वालिङका बिपन्न र निम्न आय भएका परिवारलाई आयआर्जन गर्न लगाई गरिवी निवारण गर्ने उद्देश्यले प्रशिक्षण गरिएको हो।
    कृषि र पशुका माध्यमबाट नगरबासीका आर्थिकस्तरमा सुधार ल्याउनेगरी पालिकाले उद्यमशीलता तालिम संचालन गरेको नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिनुभयो ।
    ‘हामी दीर्घकालिन योजनाका खाका बनाईअघि बढ्दैछौं, हिजोका भन्दा भोली केही फरक सकारात्मक परिवर्तन देखिनेमा प्रतिवद्ध छौं।,’ उनले भने, ‘कृषि र पशु क्षेत्रमा क्रियाशित हेफरको बिज्ञताले वालिङका कृषकहरुलाई अवश्य सहयोग पुग्नेछैं।’
    तालिममा हेफर कार्यक्रम प्रवन्धक अनन्त सिलवाल, कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, वडाअध्यक्ष केदार काफ्ले लगायतले परियोजनाको योजना, सोच तथा आगामी दिनमा गरिने क्रियाकलापका बारेमा जानकारी गराउनुभयो।
    नगरका १४ वडा मध्ये पहिलो चरणमा ७ वडामा निम्न आय घर परिवार पहिचान गरि तत्काल काम आगाडी बढाउने प्रवन्धक सिलवालले जनाए। महिला सहकारीको समन्वयमा कार्यक्रम हुने र परियोजनाको उत्कृष्टता हेरेर थप ४ बर्ष समययाबधी थप गरिनेछ।
    आगामी २०८० असारसम्म वालिङमा सञ्चालन हुनेछ। परियोजनाले कृषि तथा पशु उद्यम अन्तर्गत महिला समुहमा काम गर्ने साथै कृषि उत्पादन र बजारीकरण, युवामा ऋण प्रवाह तथा फरक क्षमता भएका व्यक्तिहरुको आयआर्जनमा सघाउने खालका कार्यक्रम सञ्चालन गर्ने जनाईएको छ।


    परियोजना संचालनका लागि समिति गठन भएको छ। समितिमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा जनप्रतिनिधि, बिषयगत शाखा एवं साझेदार सस्थाका प्रतिनिधि रहनेछन्। आगामी बर्षको लागि २ करोड २५ लाख रुपैंयाको कार्ययोजना छ। सुलभ कर्जा प्रवाह गरिने र जुन रकमपछिसम्म ९ करोड भन्दा बढी रहने बताईएको छ। परियोजनाले बैंकसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि काम गर्ने छ।
    हेफरले परियोजनामा वालिङ नगरपालिकाको ७५ प्रतिशत र हेफरको २५ प्रतिशत साझेदारी रहनेछ। हेफरले दियालोसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो। बिगतदेखि कृषि र पशु ब्यवसायमा संलग्न किसान र महिलाहरु उद्यमशिलतासंग जोड्दै आयआर्जन बढाउन सुलभ कर्जा पाउने भएपछि खुशी देखिएका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.