Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, August 1
    Trending
    • स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
    • जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा
    • कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
    • स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
    • असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा उद्यमी बनाउन स्टार्टअपमा नगद अनुदान
    ब्यवसाय

    वालिङमा उद्यमी बनाउन स्टार्टअपमा नगद अनुदान

    Syangja SandeshBy Syangja SandeshSeptember 19, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ असोज । बिभिन्न कारणबाट रोजगारी गुमाएका र नयाँ व्यशाय शुरु गर्न चाहानेवालिङका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ । रोजगारी गुमाएका तथा आफ्नै व्यवशाय शुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले वालिङ नगरपालिकाले नगद अनुदान उपलव्ध गराएको हो ।

    वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ सञ्चालनमा रहेको ‘हरित पुनः उत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना अन्तर्गत’ कृषक तथा नवउद्यमीलाई स्टार्टअपका रुपमा नगद अनुदान प्रदान गरिएको हो ।  उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ का रुपमा २० जनालाई जनही रु २५ हजारका दरले अनुदान उपलब्ध गराइएको हो ।

    पालिकाले यसअघि पनि आफ्नै व्यवशाय शुरु गर्न चाहाने युवा युवतीहरुकालागि स्टार्टअपका रुपमा नगद अनुदान दिदै आएको नगर प्रमुख कृष्ण खाँणले बताउनु भयो । कृषक तथा उद्यमीहरुलाई स्टार्टअप अनुदान प्रदान गर्दै नगर प्रमुख खाँणले अनुदानको सहि प्रयोग गर्दै नवीनतम सोचलाई उत्पादनमा जोड्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, नगरपालिका तपाईहरुको साथमा छ यहाँहरुलाई सबै खाले सहयोग गर्न हामी तयार छौं ।
    नगरप्रमुख खाँणले बिभिन्न संघसंस्थासँग सहकार्य गरेरकृषक तथा उद्यमीहरुलाई उद्यम अनुकुल बातावरण बनाउन लागि रहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै नगर उपप्रमुख कविता तिवारीले उद्यमशीलताको क्षेत्रमा नगरपालिकाले बिशेष कार्यक्रम शुरु गरेको जानकारी दिनुभयो । उद्यमशीलता व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक मार्फत रोजगारी सिर्जना गर्ने र स्वरोजगार बनाउने गरी क्रियाकलाप सञ्चालन गर्न हाम्रो ध्यान रहेको छ तिवारीले भन्नुभयो । स्टार्टअपका रुपमा प्रदान गरिएको सानो रकमले कृषक तथा उद्यमीहरुलाई सहयोग पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।उत्पादनको बृद्धिले मात्रै नागरिकको आर्थिक बृद्धि हुन सक्ने भन्दै तिवारीले सबैलाई उत्पादनमुलक क्रियाकलापमा लाग्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दैसंयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले दीगो विकासको स्थानीयकरण र कोही पनि पछाडि नछोड्ने संयुक्त राष्ट्रसंघीय कार्यक्रम युएनडिपीको अवधारणाका बारेमा जानकारी गराउनु भएको थियो ।

    उद्यमीअनुकुल बातावारण बनाउनका लागि नगरपालिकाले शुरु गरेको अभियान अनुकरणीय रहेको भन्दै अर्यालले सबैलाई हरित उद्यमशीलता र यसको प्रभावकारिताका बारेमा जानकारी गराउनु भएको थियो ।
    उद्यमी अनुकुलको बातावरण बनाउनका लागि नगरपालिकामा सञ्चालनमा आएको ईबिकले महत्वपूर्ण भूमिका खेलेको भन्दै अर्यालले भन्नुभयो, यसलाई अझै प्रभावकारी बनाउन सबैले ध्यान दिनु पर्दछ ।
    बिभिन्न समस्याका कारण रोजगारी गुमाएका र अव के गर्ने के नगर्ने अन्योलमा रहेका युवायुवतीलाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ कारुपमा बिगत तीनवर्षदेखि नगद अनुदान दिदै आएको साझेदार दियालो संस्थाका कार्यबाहक अध्यक्ष सीतादेवी पंगेनी गैह्रेले जानकारी दिनुभयो । कार्यक्रममा नगरप्रवक्ता तथावडा अध्यक्ष पदमराज गुरुङ, कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे लगायतले बोल्नु भएको थियो ।

    कोरोना सङ्क्रमण लगायत बिभिन्न कारण प्रभावित भई स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमशिलतातर्फ लाग्न प्रेरित गर्ने मुख्य उद्देश्यले कोष स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
    नगरका युवा युवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन वृद्धि गर्न ‘उद्यमशिलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक सञ्चालन कार्यविधि २०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिदै आएकोहो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.