Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 13
    Trending
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    • साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा
    • काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वाग्मतीमा ५७ अर्बकाे बजेट ७२ करोड
    बाग्मती प्रदेश

    वाग्मतीमा ५७ अर्बकाे बजेट ७२ करोड

    Syangja SandeshBy Syangja SandeshJune 15, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    मकवानपुर, १ असार । वाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड नौ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सभामा मङ्गलवार (आज) आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ५७ अर्ब रुपैयाँभन्दा धेरै को बजेट प्रस्तुत गर्नुभएको हो । 

    विनियोजन गरिएको मध्ये चालुतर्फ २६ अर्ब एक करोड ६६ लाख २३ हजार रुपैयाँ बजेट छुट्याइएको छ । यसमा पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख चार हजार र वित्तीय व्यवस्थातर्फ दुई अर्ब रुपैयाँ विनियोजन गरिएको मन्त्री ढुंगेलले बताउनुभयो । 

    कुल विनियोजनमा चालुतर्फ ४५ प्रतिशत, पुँजीगततर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ चार प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । आउँदो आर्थिक वर्षका लागि अनुमान गरिएका खर्च बेहोर्ने स्रोतमध्ये कर–राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार रुपैयाँ, सङ्घीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानमा प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ, विविध प्राप्ति एक अर्ब पाँच करोड नौ लाख ९६ हजार रुपैयाँ र चालु आर्थिक वर्षको राजस्व बचतबाट नौ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको मन्त्री ढुंगेलले बताउनुभयो । 

    वाग्मती प्रदेशका पालिकामा समपूरक अनुदानमा दुई अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    यस्तै प्रदेशका नागरिकलाई खोप लगाउन दुई अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । कोभिड महामारीविरुद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्याउन प्रदेश प्रमुख कोभिड– १९ खोप कार्यक्रम मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशभित्रका सबै नागरिकलाई खोप प्रदान गर्न दुई अर्ब रुपैयाँ बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताउनुभयो । 

    वाग्मती प्रदेशमा प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरिएको छ । तर भौतिक पूर्वाधार, स्वास्थ्य पूर्वाधार र उपकरण खरिदमा दुई अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

    वाग्मती प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमणका कारण आमाबाबु दुवै गुमाएका बालबालिकालाई पालिकासँगको सहकार्यमा मासिक तीन हजार रुपैयाँका दरले शैक्षिक तथा सामाजिक भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण

    July 23, 2024

    चार रुपैंयामा कपाल काटेर बीस्टारले मनायो चौथो बार्षिकोत्सव

    March 14, 2024

    काठमाण्डौंमा दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

    March 2, 2024

    उपभोक्ता हित संरक्षणका सवालमा सरकार सचेत छ —मुख्यसचिव डा. अर्याल

    October 9, 2023

    मदन पुरस्कार २०७९ का लागि छनोटमा पाँच पुस्तक

    August 12, 2023

    सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा ६ जनाको मत्यु, शब काठमाण्डौ ल्याइदै

    July 11, 2023
    Leave A Reply Cancel Reply

    Latest Posts

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.