स्याङ्जा ९ मंसिर । घरैवाट सुरु गरौें, महिला हिंसा अन्त्य गरौ भन्ने नाराका लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखिशुरु भएको छ । सामाजिक विकास शाखा र पुतलीबजार नगरपालिकाको आयोजनामाविहीबार स्याङ्जा सदरमुकाममा र्याली सहित लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरु गरिएको हो ।
अभियानको सुरुवात गर्दे जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले लैगिक हिंसा विरुद्ध सबैले आ आफना क्षेत्रबाट काम गर्नुपर्ने बताउनुभयो । पर्याप्त ऐन कानून हुदा हुदै पनि अझै पनि समाजमा हिंसाका रुपहरु देखिनु दुखद रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, सामाजिक विकास कार्यालय प्रमुख इश्वरीप्रसाद रेग्मी लगायतले विभिन्न समयमा गरिएका प्रतिबद्धता र ऐन कानूनका बाबजुद पनि देशमा यस प्रकारका हिंसा बढ्नु दुखद रहेकोमा जोड दिदै सबैले यस्ता कार्यलाई नियन्त्रण गर्नेगरी लाग्नुपर्ने बताउनुभयो ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ ।
एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
