स्याङ्जा २९ साउन ः जिल्ला प्रहरी कार्यालयद्धारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत काजीमान हरिटीका माध्यमिक विद्यालयमा लागु औषध सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विद्यालयमा पुगेर सचेतना कार्यक्रम गरेको हो ।
प्रहरी कार्यालयद्धारा संचालित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न विद्यालयहरुमा पुगेर प्रशिक्षण तथा सचेतना कार्यक्रम संचालन गर्दै आईरहेको छ । कार्यालयले पुतलीबजार नगरपालिकाको वडा नंं. ३ स्थित काजिमान हरिटिका माध्यमिक विद्यालयमा प्रशिक्षण कार्यक्रम गरेको जनाएको छ ।
विद्यालयका कक्षा ९, १०, ११ र १२ का विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसन साईबर अपराध नियन्त्रणका विषयमा सहजीकरण गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक ख्यामबहादुर क्षेत्रीले विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसनबाट जोगिने उपाय तथा साईबर अपराधका बारेमा प्रशिक्षण दिनुभएको थियो । पछिल्लो समय किशोर अवस्थाका किशोरकिशोरीहरु कुलतमा फस्ने तथा उचित कानुनी जानकारी नहुँदा साईबर अपराध हुने क्रम बढेकाले विद्यालयहरुमा पुगेर यस्ता कार्यक्रमहरु संचालन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
