Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लागुऔषध बिरुद्ध बालबालिकाको सचेतना रयाली
    वालिङ् नगरपालिका

    लागुऔषध बिरुद्ध बालबालिकाको सचेतना रयाली

    Syangja SandeshBy Syangja SandeshSeptember 15, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २९ भदौ । स्याङ्जामा विभिन्न कार्यक्रम गरी राष्ट्रिय बालदिवस मनाइएको छ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ स्याङ्जाका बालबालिकाले विभिन्न रचनात्मक कार्यक्रम गरी बालदिवस मनाएका हुन् ।


    राष्ट्रिय बालदिवसको अवसरमा वालिङका बालवालिकाले लागुऔषध बिरुद्धको सचेतना ¥याली सहित प्रशिक्षण गरिएको छ । लागुऔषध प्रयोग गर्नेमा बढी युवायुवतीहरु देखिन थालेपछि यसको रोकथामका लागि बालवालिकाहरुले सचेतना ¥याली निकालेका छन ।


    वारियर फ्याम्ली वालिङ स्याङ्जा नामक संस्थाको आयोजनामा राष्ट्रिय बालदिवसको अवसरमा वालिङका सामुदायीक र संस्थागत विद्यालयका विद्यार्थीहरु मार्फत लागुऔषध बिरुद्धको सचेतना अभियान गरिएको हो । लागुऔषध बिरुद्धका प्लेकार्ड सहित बालवालिकाहरुले वालिङ बजारका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए । आशा बढाऔं, आत्महत्या रोकौ, म मरेर होइन, गरेर देखाउछु भन्ने जस्ता नारा लिएर बालबालिकाहरुले बजार परिक्रमा गरेका थिए ।


    ¥याली पछि वालिङ मोडमा गरिएको कोणसभामा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारीले लागुऔषध सम्वन्धी नेपालको कानुनी अवस्था र यसबाट हुने प्रभावका बारेमा प्रशिक्षण दिनुभएको थियो । विश्वमै टाउको दुखाईको रुपमा रहेको लागुऔषध सेवन र ओसारपसारले युवापिढीमा समस्या बनाउदै जानथालेको बताउनुभयो ।

    लागुऔषध ओसार पसार र सेवनमा पछिल्लो समय युवायुवतीहरु बढी देखिन थालेको तथ्याङ्क देखिएकाले यसलाई निर्मुल पार्न सबै एकजुट भएर लाग्नुपर्ने डिएसपी हवारीले बताउनुभयो । आफ्ना दाई दिदीहरुलाई यस्तो कार्यमा लाग्न नहुने सुझाव दिन समेत बालबालिकाहरुलाई हवारीले सुझाब दिनुभयो ।


    लागुऔषध प्रयोगले धेरै युवाहरु दलदलमा फसेकोले अबका भाइबहिनीहरु यस्तो कुलतकाममा नलागुन भन्ने उदेश्य राखेर यो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बिजय गुरुङ्ले बताउनुभयो । लागुऔषध सेवन र ओसारपसारमा वालिङका युवाहरु बढी रहेको प्रहरीले अनुमान लगाउदै आएको छ ।

    कानुनले समेत बन्देज गरेको अपराधिक क्रियाकलाप मानिने लागुऔषधलाई पुर्णरुपले न्युनिकरण गर्न सबै लाग्नुपर्ने आयोजकले सुझाएका छन् । लागुऔषध सेवनबाट धेरै युवाहरुको ज्यान गएको र जेलजानु परेको उदाहरण दिदै आयोजकले यस्ता क्रियाकलापलाई समाजबाटै निस्तेज पार्नुपर्नेमा जोड दिएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.