स्याङ्जा १५ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीको बिरोध गर्दै पुतलीबजार नगर कमिटी युवा संघले रयाली सहित सोमबार दिउसो बिरोध प्रदर्शन गरेको छ।
मन्त्रीपरिषदको शिफारिसमा रास्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसर पारेर रेशम चौधरीलाई आममाफी दिने निणर्य भएपछी सोमबार बिहान उहा रिहा भैसक्नु भएको छ ।
एमालेको भातृ संगठन युवा संघ सहित एमाले नेता सम्मीलित रयालिले प्ले कार्ड बोकेर नारा लगाउदै मुख्य बजार परिक्रमा गरेर रास्ट्रपतिको राजीनामा माग गरेका छन।
टिकापुर घटनाका दोषीलाई षडयन्त्र पुर्बक दिइएको आममाफीको बिरुद्द बिरोध प्रदर्शन गरेको नगर अध्यक्ष भिम रानाले जानकारी दिनुभयो । प्रदर्शनकारीले सरकार र रास्ट्रपति विरुद्ध पनि नारा लगाएका थिए ।