Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 27
    Trending
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    • गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक
    • आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण
    • खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्रिय सभाको १९ सदस्य चयनका लागि आज मतदान जारी
    राजनीति

    राष्ट्रिय सभाको १९ सदस्य चयनका लागि आज मतदान जारी

    Syangja SandeshBy Syangja SandeshJanuary 26, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं १२ माघ । राष्ट्रिय सभाको १९ सदस्य चयनका लागि आज मतदान कार्य जारी छ ।आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको १९ सिटका लागि ४३ जना चुनावी मैदानमा छन् ।

    प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन लागेको हो । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार मतदान आज बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ ।

    सात प्रदेशका आठ मतदान स्थलमा १४ मतदान केन्द्रमार्फत् मतदान गराइनेछ । जसअनुसार प्रदेश १ मा दुई र अरु प्रदेशमा एक÷एक वटा मतदान स्थल छन् । प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर तथा प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ । मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुनेछ । लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

    फागुन २० बाट नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने व्यवस्थाअनुसार मतदान हुन लागेको हो ।

    मतदान मार्फत् ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य समूह गरी १९ जना चुनिने छन् । निर्वाचनमा स्थानीय तहका १४ सय ९३ र प्रदेश सभाका ५ सय ३२ जना गरी २ हजार २५ जना मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.