Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, August 28
    Trending
    • शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ
    • सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु
    • ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राजदरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा, अझै पनि रहस्यकै गर्भमा
    समाचार

    राजदरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा, अझै पनि रहस्यकै गर्भमा

    आज दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । दरबार हत्याकाण्ड नेपाल को ऐतिहासिक रहस्यमय घटना हो। २०५८ जेठ १९ मा, (सन् २००१ जुन १ तारिखका दिन) राजपरिवारका १० सदस्यको हत्या भयो जसलाई दरबार हत्याकाण्डका नामले चिनिन्छ।
    Syangja SandeshBy Syangja SandeshJune 1, 2024Updated:June 1, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ जेठ । आज दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । दरबार हत्याकाण्ड नेपाल को ऐतिहासिक रहस्यमय घटना हो। २०५८ जेठ १९ मा, (सन् २००१ जुन १ तारिखका दिन) राजपरिवारका १० सदस्यको हत्या भयो जसलाई दरबार हत्याकाण्डका नामले चिनिन्छ।

    आज कै दिन दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । हरेक शुक्रबार राति दरबारभित्रको त्रिभुवन सदनमा पारिवारिक जमघट र भोज हुने गर्दथ्यो । त्यही भोजमा सरिक भएका बेला तत्कालीन युवराज दीपेन्द्रले सैन्य पोशाक लगाएर दुईवटा बन्दुक चलाई राज परिवारको हत्या गरेको बताइन्छ ।

    उक्त गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दिपेन्द्र र अधिराजकुमार निराजन तथा राजकुमारी श्रुती शाह लगायतको ज्यान गएको थियो । उक्त हत्याकाण्डको अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो र उहाका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पिएको थियो ।

    राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरिएको थियो । जुन ४ तारिखका दिन अस्पतालले राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरेको थियो र ज्ञानेन्द्र नयाँ राजा घोषित गरियो । नयाँ राजाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालिन सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिनुभएको थियो । समितिले एक हप्तापछि राजालाई प्रतिवेदन प्रस्तुत ग¥यो र त्यसलाई र्सार्वजनिक पनि गरियो। प्रतिवेदनमा लागू पदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निश्कर्ष निकालिएको थियो।

    तर, सो प्रतिवेदनप्रति आम जनता अहिले पनि विश्वस्त हुन सकिरहेको देखिदैन्। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । यस्तै, उक्त हत्याकाण्डलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘ग्र्यान्ड डिजाइन’को संज्ञा दिनुभएको थियो । तर अहिलेसम्म त्यो ‘ग्र्यान्ड डिजाइन’ के थियो र हत्या कसले र किन ग¥यो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन ।

    जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन । पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।

    उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उहाका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा हुनुभयो । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२÷६३ मा दोस्रो जनआन्दोलन चर्काएर र नेपाललाई गणतान्त्रिक मुलुक नै घोषणा गरे ।

    नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बन्नुभयो । दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

    त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । अनेक आशंका र अनुमान गरिए पनि नारायणहिटी दरबार हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ । आज २३ वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले सङ्ग्रहालय बनाइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.