काठमाण्डौं ४ मंसिर । योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्नुभएको छ । पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आउनु भएका भारतीय योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिनुभएको हो ।
शनिबार (आज) बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाउनु भयो । धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको भन्दै बाबा रामदेवले यहाँको स्वच्छ हावाले निरोगी बनाउने बताउनुभयो। बाबा रामदेव शुक्रबार चन्द्रागिरि पुग्नुभएको हो।
उहाले चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिरमा पूजाअर्चना पनि गर्ने कार्यक्रम छ। योगगुरु बाबा रामदेव बिहीबार नेपाल आएलगत्तै नेपाल विश्वको श्रेष्ठतम आध्यात्मिक देश हो भन्दै नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मीय सम्बन्ध रहेको बताउनुभयो ।