काठमाडौं २६ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको दर बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गरिएको जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बिदाको अवधिमा पनि सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयहरूले अनलाइन माध्यमबाट पठन पाठन जारी राख्नुपर्ने पनि बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता शर्माले विद्यालय बन्द भएको बेलामा सबै विद्यालयहरूले १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोपको प्रवन्ध गरिने पनि बताउनुभयो । विश्वविद्यालयको परिक्षाहरू भने सञ्चालन हुने उहाँले स्पष्ट पार्नुभयो ।
विद्यालय बन्द भएको बेलामा खोपलाई अभियानको रूपमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।