Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 18
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मनकामनामा चैते दशैं मेला बिबिध कार्यक्रम सहित सम्पन्न
    बिरुवा गाउँपालिका

    मनकामनामा चैते दशैं मेला बिबिध कार्यक्रम सहित सम्पन्न

    Syangja SandeshBy Syangja SandeshApril 7, 2023Updated:April 7, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ चैत । गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले स्याङ्जाको समृद्धिमा सधै साथमा रहने बताउनु भएको छ ।

    बिरुवा गाउँपालिका स्थित मनकामना मन्दिर व्यवस्थापन समितिको आयोजना र मनकामना मितेरी युवा क्लवको व्यवस्थापनमा भएको मनकामना चैते दशैं मेला २०७९ को उद्घाटन गर्दै सांसद तिवारीले जिल्लाको विकासमा हातेमालो गर्दै अगाडी बढ्ने विश्वास दिलाउदै सधै स्याङ्जावासी जनताको साथमा रहने बताउनु भएको हो ।

    स्याङ्जा धार्मिक, सांस्कृतिक रुपले पहिचान बनाएको जिल्लालाई यसको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्ने काम गर्नुपर्ने सांसद तिवारीले बताउनुभयो । विकासमा राजनीति नगरी समग्र स्याङ्जालाई उज्यालो जिल्लाको रुपमा चिनाउन सबै लाग्नुपर्ने सुझाव सांसद तिवारीको छ ।तिनैतहका सरकारले जनताकै सेवा र विकासलाई महत्व दिनुपर्ने धारणा राख्दै सांसद तिवारीले विकासमा राजनीति भयो भने हामीले बोकेको समृद्धि नहुने बताउनुभयो ।

    बिरुवा गाउँपालिका धार्मिक रुपले जोडिएको पालिका भएकोमा जोड दिदै तिवारीले एतिहासिक धार्मिक पिठको रुपमा रहेको मनकामना मन्दिरलाई अझै विकासोन्मुख बनाउन आफ्नो तर्फबाट पहलकदमी हुने बताउनुभयो । वालिङ त्रियासी देखि रत्ने, एलादी मनकामना हुदै बिरुवाबाट पोखरा र तनहुँ जोड्न सकिने सडकलाई छिट्टै कालोपत्रे गरी आवतजावतमा सहजता दिलाउन आफ्नो तर्फबाट पहल हुनेमा जोड दिनुभयो ।

    नयाँ बन्न लागेको गण्डकी प्रदेश सरकार नेपाली काँग्रेसको नेतृत्व बन्ने बताउदै नेपाली काँग्रेसका गण्डकी प्रदेश उपसभापति समेत रहनु भएका सांसद तिवारीले त्यसपछि विकासका कामहरु धमाधम अगाडी बढ्ने दावी गर्नुभयो ।

    कार्यक्रममा बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य कुँवर, नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्वर १ प्रदेश १ का सभापति ध्रवविक्रम खाँण, नेपाली काँग्रेस बिरुवा गाउँ गाउपालिका सभापति डिआर पोखरेल, समाजसेवी चौबहादुर गुरुङ्, नेपाली काँग्रेस प्रदेश प्रतिनिधि भिमप्रसाद पंगेनी, वालिङ उद्योग वाणिज्य संघका सदस्य अशोक तिवारी लगायतले चैतेदशै मेलाले यो क्षेत्रको पहिचान जोगाउदै आएको बताउनुभयो । मेलामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।

    बडादशैको पुर्णिमा र चैतेदशैमा लामो समयदेखी मनकामना मन्दिर परिसरमा मेला लाग्दै आएको छ । यसैको निरन्तरता दिदै मन्दिर व्यवस्थापन समितिले मेला आयोजना गरेको अध्यक्ष मेखराज गुरुङ्ले जानकारी दिनुभयो ।

    विभिन्न खेलकुद प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तत्वना हुने खेलाडीहरुलाई नगद, शिल्ड र प्रमाणपत्र सहित पुरस्कृत गरिएको क्लवका सचिव वेदकुमार गुरुङ्ले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.