Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मदिरा ब्यवसायी संस्था स्याङ्जाको साधारणसभा सम्पन्न, ३ जनालाई सम्मान
    पुतलीबजार नगरपालिका

    मदिरा ब्यवसायी संस्था स्याङ्जाको साधारणसभा सम्पन्न, ३ जनालाई सम्मान

    Syangja SandeshBy Syangja SandeshMarch 16, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ चैत । मदिरा ब्यवसायी संस्था स्याङ्जाको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । तीन जना ब्यवसायीलाई सम्मान, सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत नगद सहयोग लगायत बिबिध कार्यक्रम गर्दे साधारणसभा गरिएको हो ।

    पुतलीबजार नगरपालिका १ प्रगतीनगर स्थित ब्लु पर्ल पार्टी प्यालेसमा शनिवार सम्पन्न साधारणसभाको उदघाटन गर्दै मदिरा ब्यवसायी संघ गण्डकी प्रदेशका गोबिन्द बहादुर केसीले मदिरा ब्यवसायलाई हेर्ने सरकारको दृष्ट्रिकोण सकारात्मक हुनुपर्ने बताउनुभयो ।

    राजश्व संकलनमा २० प्रतिशत भन्दा बढी योगदान पुरयाएको मदिरा ब्यवसायीका हितका पक्षमा समेत राज्य ध्यान दिन नसकेको उहाँले भन्नुभयो । कोरोना संक्रमणका समय भन्दा अहिलेको आर्थिक मन्दिका कारण धेरै मदिरा ब्यवसायी पेशाबाट विस्थापित बन्नु परेकोमा दुखेसो ब्यक्त गर्नुभयो ।

    मदिरा ब्यवसायी संघ ६७ जिल्लामा शाखा स्थापना गरेको र यसबाट ४० हजार ब्यवसायीले नियमित कर तिर्ने गरेकोे जानकारी गराउदै झण्डै डेढ लाख मानिसले रोजगार पाएको उहाले जानकारी दिनुभयो ।

    करदाता सेवा कार्यालय स्याङजाका प्रमुख बिजय भुषालले मदिरा ब्यवसायीलाई कर, इजाजतपत्र, अन्तशुल्क लगायत राजश्वका बारेमा जानकारी गराउदै राज्यको कानून पालकका रुपमा आफनो भूमिका रहने र कानून अनुरुप ब्यवसाय संचालन गरेमा कुनै किसिमका झन्झट र दुख आइ नपर्ने बताउनुभयो । ब्यवसायीका हित र अधिकारका पक्षमा कर कार्यालय सधै सकारात्मक भइ काम गर्ने बताउनुभयो ।

    कार्यक्रममा मदिरा ब्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष शम्भुप्रसाद भट्टराई, केन्द्रिय सदस्य सन्देश कक्षपति, कास्कीका अध्यक्ष सुरेश घिमिरे, सल्लाहकार नवराज सुवेदी, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठ, महासचिव रविन केसी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, मदिरा ब्यवसायी संघ केन्द्रिय उपाध्यक्ष गोपाल सापकोटा, उपभोक्ता मंचका अध्यक्ष राजेन्द्र मरासीनी, वितरक संघका अध्यक्ष सूर्यप्रसाद लामिछाने, बजार बिक्री प्रतिनिधि संघका अध्यक्ष प्रकाश ढकाल लगायतले ब्यवसायीबाट राजश्व उठाउने राज्यले ब्यवसायीका हितका पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    मदिरा ब्यवसायी संघ स्याङ्जाका अध्यक्ष खिमानन्द पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गणेश अर्यालले स्वागत एवं जीवलाल बसेलले संचालन गर्नुभएको थियो ।

    यसैगरी, सोही कार्यक्रममा मदिरा ब्यवसायी संस्था स्याङ्जाका अध्यक्ष केन्द्रिय सदस्यमा पनि निर्वाचित भएको भन्दै अध्यक्ष एवं केन्द्रिय सदस्य खिमानन्द पराजुलीलाई, र मदिरा ब्यवसायी भई उद्योग वाणिज्य संघ स्याङजाको महासचिव र सदस्य पदमा निर्वाचित भएको जनाउदै क्रमश ः रविन केसी र सूर्यप्रसाद शर्मालाई सम्मान गरिएको थियो ।

    यसैगरी, सामाजिक उत्तरदायित्व कार्यक्रम अनुरुप संस्थाले नमूना स्वरेक समाजलाई १० हजार नगद सहयोग गरि आजीवन सदस्य बनेको छ । समाजले भीरकोटमा न्यूनशुल्कमा एम्बुलेन्स संचालन गर्दै आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.