स्याङजा ७ मंसिर । स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नं. २ को मतगणणना सुरु गर्नुपर्ने जनाउदै वालिङमा धर्ना दिइएको छ।
क्षेत्र नं. १ को सोमबार दिउसोदेखि मतगणना जारी छ। तर, २ को भने अझैं मतगणनाको प्रक्रिया समेत शुरु हुन सकेको छैन।
मतगणना प्रक्रिया शुरु गर्न भन्दै नेपाली काँग्रेस सहित गठबन्धनले निर्वाचन कार्यालयमा धर्ना दिएका छन।
नेकपा एमालेले केही मतदान केन्द्रमा नेपाली काँग्रेसले बुथ कब्जा गरी एकलौटी मत खसालेको आरोप लगाउदै पुन मतदानको माग गरेपछि क्षेत्र नं. २ मा मतगणना कार्य सुरु हुन सकेको छैंन।
निर्वाचन कार्यालयले सोमबार आब्हान गरेको सर्वदलिय बैठकमा सहमति जुट्न नसकेपछि अहिले सम्म पनि निर्वाचन कार्यालयले मतगणना प्रक्रिया अगाडी बढाउन सकेको छैन।
मतगणना प्रक्रिया अगाडी नबढाएपनि नेपाली काँग्रेस सहित गठबन्धनका दलहरुले मतगणना प्रक्रियालाई शुरु गर्न भन्दै निर्वाचन कार्यालय अगाडी मंगलबार बिहान ९ बजेदेखी धर्ना दिदै बसेको छ।
यस बिषयमा निर्वाचन आयोगमा जानकारी पुगिसकेकाले निर्वाचन आयोगको पर्खाइमा रहेको स्याङ्जा क्षेत्र नम्वर २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए। बताउनुभयो ।
नेकपा एमालेले चापाकोटका केही मतदान केन्द्रमा पुन मतदान नभएसम्म मतगणना हुन नदिने जनाएको छ।
नेपाली काँग्रेसले प्रक्रिया पुरा गरेर मतपेटीका आइसकेपछि मतगणना शुरु गर्नुपर्ने अडानमा छन्।
मतगणना गनुपर्ने माग गर्दै नेपाली कांग्रेसका उपसभापति केदार काफले, नेकपा माओवादी संयोजक प्रकाश न्यौपाने (किरण), नेकपा एकिकृत समाजवादीका इन्चार्ज प्रेमनारायण पौडेल, नेकपा माक्सवादी (पुष्पलाल) का अध्यक्ष डोलराज बिक र नेपाल समाजवादी पार्टीका अध्यक्ष ख्यामनारायण ढकालद्धारा हस्ताक्षरिते संयुक्त रुपमा प्रेसविज्ञप्ति जारी गर्दै निर्वाचनका निर्देशित ऐन कानून पालना गर्दै तत्काल मतगणना सुरु गर्न माग गरेका छन्।