Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भूगर्भविदद्धारा गडहरे गुफाको अध्ययन अवलोकन
    बिबिध

    भूगर्भविदद्धारा गडहरे गुफाको अध्ययन अवलोकन

    Syangja SandeshBy Syangja SandeshSeptember 20, 2021Updated:September 28, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ४ असोज । भीरकोट नगरपालिकाको वडा नं ८ र ९ को सीमामा रहेको गडहरे गुफाको अध्ययन अवलोकन गरिएको छ।
    त्रिबि भूगर्भशास्त्र केन्द्रीय बिभागका उपप्राध्यापक डा. कविराज पौडेल सहितको १२ जनाको टोलीले गुफा भित्र र बाहिरी क्षेत्रको अध्ययन अवलोकन गरेको हो। उनीहरुले ४ दिन लगाएर गुफाका बारेमा अध्ययन अवलोकन गर्नुभएको हो ।


    मुलुककै सबैभन्दा लामो गुफा हुनसक्ने भूगर्भविद डा पौडेलले दाबी गर्नुभयो। अध्ययन टोलीले गुफाको भित्री, बाहिरी बनोटभित्र देखिने विभिन्न किसिमका आकृति तथा संरचना, गुफाको लम्बाइ, चौडाई मापन गरेको छ।
    चट्टानी ढुंगाहरु मिलेर गुफा बनेको छ। गुफाभित्रै आकर्षित झरना छ। भूगर्भविद टोलीले गुफाको अध्ययन अवलोकनगरी एक महिनाभित्र नगरपालिकालाई प्रतिवेदन बुझाउने जनाएको छ।


    त्यसो त, दुई बर्षअघि पनि भीरकोट नगरपालिकाले गडहरे गुफाको अन्वेषणमा जुटेको थियो। पालिकाले गुफालाई पर्यटकीय क्षेत्रका रुपमा अघि बढाउन केही पूर्वाधार समेत निर्माण गरेको हो। गुफाभित्र र बाहिरको अध्ययन अवलोकनगरी गुफालाई रमणीय पर्यटकीय स्थलका रुपमा चिनाउन नगरपालिकाले यसअघिदेखि नै चासो बढाएको हो। एकै दिन सयौं ब्यक्तिलाई उपस्थित गराएर गुफाको अध्ययन अवलोकन तथा राय सुझाव संकलन गरिएका थिए।


    त्यतीवेला पनि झण्डै ५० भन्दा बढीले गुफाभित्र पसेर त्यसभित्रका बस्तुस्थितीका बारेमा जानकारी लिएका थिए। गण्डकी प्रदेश सांसद मेखलाल श्रेष्ठ, भीरकोट नगरप्रमुख छायाँराम खनाल, उपप्रमुख सीमा कर्माचार्य क्षेत्री, प्रवक्ता दिपेन्द्र केसी, वडा अध्यक्षहरु लक्ष्मण अधिकारी, भिम गुरुङ, तनबहादुर गुरुङ लगायतका जनप्रतिनिधी, नेकपाका नेता मिनप्रसाद कोइराला, पिसजोन युवा क्लवका अध्यक्ष राजकुमार गुरुङ लगायत पत्रकार सहितको जम्बो टोली गुफाभित्र छिरेर अवलोकन गरेका हुन्।
    ‘गुफाभित्र ३ वटा पानी पोखरी छन्। गुफाभित्र प्रवेशगरेपछि झण्डै आधा घण्टाको हिडाईपछि पहिलो पोखरी देखिने र त्यस पोखरीमा ससाना माछा छ्न्।’ गुफामा जानेहरु भन्छन्, ‘त्यसपछिको फेरि आधा घण्टापछि अर्को पोखरी भेटिन्छ। त्यहाँ भने पानी भरिएको कुण्ड छ। त्यति नै दुरीमा फेरि अर्को पोखरी छ। गुफाभित्र पनि अन्य स साना गुफा भेटिन्छन्। जहाँ चमेराका बथान छन्। साना र ठूल्ठूलागरी गुफाभित्र प्रशस्त चमेरा छन्।’
    झण्डै २७ बर्षअघि पत्ता लागेको होे गुफा। गुफाभित्रै बिभिन्न आकृती झल्कने खालका (धरहरा, देवी देवताका जस्ता मूर्ति) का बनोैट छन्। मानिस जत्रै धरहरा जस्ता देखिने चुनढुंगा पनि छन। गुफाभित्र पनि कतै सागुँरा गल्ली त कतै फराकिला र सजिला बाटाहरु छन्। प्रत्यक्ष अवलोकनकर्ताहरुका अनुसार झण्डै एक किलोमीटर भन्दा बढी लम्बाईको गुफा भएकोे भीरकोट ९ का अध्यक्ष भिम गुरुङले बताउनुभयो ।
    स्थानीयबासी परसुराम गुरुङको गाई बगाएर गुफाभित्र पसेपछि गाई निकाल्ने क्रममा गुफा पत्ता लागेको वडा अध्यक्ष तनबहादुर गुरुङ स्मरण गर्नुहुन्छ । त्यसपछि स्थानीयबासी र साविक कालिकाकोट गाविसले गुफाको संरक्षणका कामको सुरुवात गरेको थियो। अहिले भीरकोट नगरपालिकाले गुरुयोजना तयारगरी गुफा संरक्षणमा जुटेको छ।
    गुफा वरपरका क्षेत्रलाई तारबार गरिएको छ भने गुफा प्रवेशद्धार ब्यवस्था मिलाएको छ। नगरप्रमुख छायाँराम खनालले भन्नुभयो प्रारम्भिक अनुसन्धानमा भूगर्वविद्ले खतरामुक्त छ भनेपछि अहिले थप अनुसन्धानका लागि भूगर्वविद् बोलाई गुफा भित्र र बाहिरको भौगोलिक अवस्थाका बारेमा जानकारी लिएका हौं।’
    यहाँ ओखतीपानी घरवास योजना संचालनमा छ। गुफा परिसरमा पार्क, खानेपानी, बिजुली, होटल रेष्टुरेन्ट सहितको पूर्वाधार तयार पार्ने र होमस्टेमा आउने पाहुनाका लागि दृश्यावलोकनको प्रमुख गन्तब्यका रुपमा निर्माण गर्नेगरी गुरुयोजना तयार पारिएको नगरप्रमुख खनालले बताउनुभयो ।


    गुफाभित्र ३÷४ घण्टा हिड्दा पनि गन्तब्य भेटिदैन। गुफामा माछा र बिभिन्न प्रजातीका चमेरा प्रशस्तै भेटिन्छन्। अध्ययन टोलीको प्रतिवेदनका आधारमा पालिकाले काम अघि बढाउने भएको छ। यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक पर्यटकीय गन्तब्यका रुपमा अघि बढाउन सके यसक्षेत्रको सामाजिक र आर्थिक विकासका संभावना देखिन्छ।
    भीरकोट नगरपालिकाको मुख्य बजार बयरघारी बजारदेखि झण्डै ९ किलोमीटर कच्ची बाटोको यात्रापछि गुफामा पुग्न सकिन्छ। गुफामा जानका लागि मोटरबाटोको सहज पहँुच छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सागर बाबुको “जिन्दगीको रीत“ गीतगजल संग्रह बिमोचन

    December 24, 2022

    मानवअधिकार तथा शान्ति समाजको स्थापना दिवसका अवसरमा स्याङ्जामा अन्तरक्रिया

    June 3, 2022

    खुले स्याङ्जाका प्रसिद्ध शक्तिपीठहरु

    September 26, 2021

    हरियाली उद्यान र टावरमा बढ्दो आकर्षण

    September 18, 2021

    मदन पुरस्कारका लागि ९ वटा पुस्तक छानिए

    July 30, 2021

    १०४ वर्ष पहिल्यै थियो नेपालमा सुरुङमार्ग

    July 30, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.