स्याङ्जा ४ पुस । भीरकोट नगरपालिकाको मातहतमा रहेको भीरकोट नगर अस्पतालमा अस्पताल संचालक समिती गठन गरिएको छ ।
अस्पतालमा बसेको जनप्रतिनिधि र सरोकारवालाको संयुक्त भेलाले नगर प्रमुख गोबिन्दकुमार कर्माचार्यको अध्यक्षतामा अस्पताल संचालक समिती गठन गरेको हो ।
नगर अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन र विपन्न स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयन गर्न १३ सदस्यीय अस्पताल संचालक समिती गठन गरिएको नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिनुभयो ।
नवगठित संचालक समितिमा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, अस्पताल प्रशासन प्रमुख, सम्बन्धित वडाको र छिमेकी वडाको वडा अध्यक्ष, नगर उपप्रमुख , समाजसेवी र व्यवसायीहरूलाई समेटिएको छ ।
नवगठित समितिमा वडा नं ७ का अध्यक्ष तारा प्रसाद अर्याल, वडा नं १ का अध्यक्ष दिपेन्द्र के.सी., स्थानीय समाजसेवी तोयानाथ अर्याल,मीन प्रसाद कोइराला, श्याम प्रसाद अर्याल, गोकुल अधिकारी, व्यवसायी भविश्वर कोइराला हुनुहुन्छ ।