स्याङ्जा, १२ चैत्र । भीरकोटमा ब्युर्टिपार्लर र ड्राईभिङ तालिम शुरु भएको छ । गरिवि निवारणका लागी लघु उद्यम कार्यक्रम अन्र्तगत ४५ दिने ब्युटिपार्लर तालिम र एक महिने ड्राईभिङ तालिमको आईतबारदेखी शुरु भएको हो ।
तालिमको उदघाटन गर्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउनका लागी ब्युटिपार्लर तालिमको आयोजना गरिएको भन्दै तालिम लिएर व्यवसायिक बन्न आग्रह गर्नुभयो । सिप जिवनमा सबैभन्दा महत्वपुर्ण पक्ष रहेको भन्दै सिप लिएर सिपको सही प्रयोग गरेमा जिवनलाई सहजतापुर्वक अगाडि बढाउन सकिने नगरप्रमुख कर्माचार्यको भनाई छ ।
कार्यक्रममा उपप्रमुख भगवती अर्याल, नगरप्रवक्ता दिपेन्द्र केसी, वडा नं. २ का अध्यक्ष श्यामकाजी अधिकारी, छाँयाक्षेत्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ, योजना साखा प्रमुख यामप्रसाद रेग्मीलगायतले बोल्नुभएको थियो ।
पैतालिस दिने ब्युटिपार्लर तालिममा ब्युटिपार्लर एशोसियसनका अध्यक्ष पुष्पा अर्यालले र ड्राईभिङ तालिममा हर्क गुरुङले सहजीकरण गर्नुभएको छ । तालिममा ब्युटिपार्लरतर्फ ४८ जना ड्राईभिङतर्फ २० जनाको सहभागिता रहेको छ ।