स्याङ्जा २० साउन । नेपाल विद्यार्थी संघ भीरकोटले २०७९ सालको एसईईमा उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ ।
कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले अनुशासित र जिम्मेवार भएर अध्ययनलाई प्राथमिकता दिन अनुरोध गनुभयो । कर्तव्यनिष्ट भएमा मात्र सहज रूपमा जिवनमा सफलता प्राप्त गर्न सकिने बताउँदै नगर प्रमुख कर्माचार्यले समाज र देशलाई योगदान दिन सक्ने गरि अध्ययनमा जुट्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
शनिबार सम्राट सदनमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा निवर्तमान नगर प्रमुख छायाराम खनाल, महिला नेतृ सुनिता उच्चै ठकुरी, नेपाली काँग्रेस भीरकोटका सभापती यामप्रसाद अधिकारी (लक्ष्मण), युवा नेता सुनिलबाबु चापागाईं लगायतका व्यक्तित्वहरूले एसईई उतिर्ण विद्यार्थीहरूलाई शुभकामना एवं बधाई दिनुभएको थियो ।
कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूलाई प्रजातान्त्रिक आचरणलाई अनुशरण गर्दै असल, चरित्रवान र देशप्अध्ययनलाई प्राथमिकतामा राखेर आफ्नो , समाज र देशको हितलाई ध्यानमा राखेर अगाडि बढ्न सुझाव दिनुभयो ।
नेपाल विद्यार्थी संघ भीरकोटका सभापती लक्ष्मण अधिकारीले सम्मानित विद्यार्थीलाई बधाई एवं शुभकामना व्यक्त गर्दै असल, सफल र चरित्रवान विद्यार्थी भएर अध्ययन कर्ममा जुट्न अनुरोध गर्नुभयो ।