स्याङ्जा २ साउन । भीरकोट नगरपालिका ७ स्थित लोलुंगाका पालिएको गाईमा लम्पी स्किन रोग देखिएको छ। केही महिनाअघि नै देशभरका केही जिल्लाका पशुहरुमा लम्पी स्किन रोग देखिदै आएका छन् ।
लोलुंगाका किसान लालप्रसाद कोईरालाले पाल्नुभएको गाईको बाच्छीमा लम्पी स्किन देखिएको हो। बँधुवा गाईलाई एक्कासी लम्की स्किन देखिएको हो ।
गोठमा रहेका २ गाई मध्ये एउटा गाईको शरीरभरि ििगर्खै गिर्खा आएको छ भने ज्वरो पनि आएको छ । यस्ता लक्षण देखिएपछि अहिले प्राविधिकहरुले लालप्रसादको घरमै पुगेर आवश्यक औषधी दिएका छन् भने लम्पी स्किन देखिएको गाईलाई छुट्टै राखिएको छ। लम्पी स्किन सरुवा रोग हो । यसका उपचारका लागि लम्पी स्किन बिरुद्धको खोप लगाउनु पर्छृ ।
भीरकोटमा यसअघि पनि वडा नं. १ मा लम्पी स्किन देखिएको थियो। त्यसपश्चात नगरपालिकाले व्यवसायिक फर्महरुमा लम्पी स्किन विरुद्ध भ्याक्सिन सुरु गरेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले जानकारी दिनुभयो । भीरकोटमा पुनः लम्पी स्किन देखिएपछि नगरपालिकाले सतर्क रहन आग्रह गर्दे नगरपालिकामा सूचना गर्न आग्रह गरेको छ ।
लम्की स्किन पशुहरुमा देखिने महामारी नै भएकाले यसबाट बच्न गोठको सरसफाई, भ्याक्सिन, झिंगाहरुको टोकाईबाट बचाउनुपर्ने प्राविधिकहरुले सुझाएका छन ्।
यो रोग लागेपछि पशुहरुमा १०४ डिग्री ज्वरो आउने, घाँस, कुँडो कम खाने, झोक्राउने, दुहुना पशुले दुध घटाउँदै जाने, छालामा गिर्खा, गाँठा तथा फोकाहरु देखिने, थुतुनो, ओठ, मुख, नाक भित्र घाउ देखिने, रयाल काड्ने,संक्रमण बढ्दै गएमा थुनेलो समेत हुने, पाठेघरमा असर गरी गर्भ तुहिने, गर्भ नरहने, लिम्फ नोडहरु सुनिने अन्त्यमा पशुहरुको मृत्यु समेत हुन सक्ने पशु प्राबिधिकका भनाई छन।
यसबाट बच्न गोड र मलखादको दुरी कम्तीमा ८ देखि १० मिटर टाढा बनाउने, पशु राख्ने गोठ वरपर सरसफाई तथा निसंक्रमण प्रक्रिया नियमति गर्ने, रोग देखा परेको १० किलो मिटर वरपर पशुहरुको किनवेच तथा आवातजावत नगर्ने नगराउने, रोगी र निरोगी पशुहरु छुट्टाछुट्टै राख्ने, झिगा, किर्ना, उपिया, लामछुट्टे, जस्ता किरा नियन्त्रणका लागी उपयुक्त किटनाशक तथा रसायनको प्रयोग गर्नुपर्ने पशु चिकित्सकले जनाउनुभयो ।