Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 13
    Trending
    • वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता
    • संबैधानिक सर्वोच्चता कायम गर भन्दै स्याङ्जा तरुणको प्रर्दशन
    • शान्त बन्दै स्याङ्जा सदरमुकाम
    • स्याङ्जा प्रशासनद्धारा जिल्लाभर अठार घण्टे कफ्यू आदेश
    • गल्याङमा कक्षा १० का विद्यार्थीलाई अनलाइन शिक्षा
    • स्याङ्जामा पनि जेनजीको प्रदर्शन
    • मृतकका सम्झना दीपप्रज्वलन तथा खबरदारी सभा
    • कृषि तथा पशुका क्षेत्रमा क्रियाशिल निकायबीच अभिमूखीकरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भिरकोटले लागु गर्दै एकिकृत कृषि तथा पशुपालन रणनीति
    भीरकोट नगरपालिका

    भिरकोटले लागु गर्दै एकिकृत कृषि तथा पशुपालन रणनीति

    Syangja SandeshBy Syangja SandeshJuly 6, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ असार । कृषि क्षेत्रको दिगो विकास र व्यवसायिकरण मार्फत भीरकोट नगरपालिकालाई खाद्य सुरक्षित, स्वस्थ र समृद्ध बनाउने लक्ष लिएकोभिरकोट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ देखि ५ बर्षे कृषि तथा पशुपालन रणनीति लागु गर्ने भएको छ । भिरकोट नगरपालिकामा आयोजित कृषि तथा पशुपालन रणनीति योजनाको प्रस्तुतीकरण तथा सुझाव संकलनका क्रममा सो जानकारी दिईएको हो ।

    कार्यक्रममा बोल्नुहुदै भिरकोट नगरपालिकाका नगर प्रमुख छायाँराम खनालले कार्यक्षेत्रमै पुगेर कृषकहरुका समस्या र चाहानालाई आत्मसाथ र संबोधन गर्दै बनाईएको कृषि तथा पशुपालन रणनीतिले भिरकोट नगरपालिकाको कृषि तथा पशुपालनको क्षेत्रमा मुहार फेर्न कोशेढुंगा साबित हुने बताउनु भयो ।

    कार्यक्रमकै क्रममा बोल्दै भिरकोट नगरपालिका की उपप्रमुख सिमा कर्माचार्यले कृषक समुदाय एवम् कृषि तथा पशु विकाससँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी सङ्ंघसंस्था, निकाय तथा परियोजनाका कार्यक्रमहरू यसै रणनीतिको लक्ष्य प्राप्तीका लागि सहयोगी हुने गरी एकद्वार प्रणाली मार्फत सञ्चालन गरिने साथै प्रदेश र संघीय सरकार अन्तर्गतका कार्यक्रमहरू मार्फत थप स्रोत जुटाउन निरन्तर प्रयास गरिने र प्रस्तावित योजना कार्यान्वयनका लागि आवश्यक पर्ने थप लगानीका लागि कृषि तथा पशुसंग सम्बन्धीत विभिन्न अनुसन्धान केन्द्र एवम् विकास साझेदारहरसमन्वय गर्नुलाई आव्हान समेत गर्नुभयो ।

    भिरकोट नगरपालिकाको कृषि तथा पशुपालन रणनीति तयारीमा सहजीकरण गरिरहेको संस्था आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलले कृषि जीवनको जीउने आधार भएको र यसलाई निर्वाहमुखिबाट उद्यमतिर बदल्नको लागि भिरकोटको ऐना साबित हुनेकुरामा बिश्वास राख्नुभयो ।

    नगरपालिकाका योजना अधिकृत याम प्रसाद रेग्मीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमको सहजीकरण प्राविधिक बिज्ञ लि-वर्ड पोखराका भरत भण्डारी, आस्क नेपालका हरीप्रसाद ढकाल साथै हेमराज पौडेलले गर्नुभएको थियो भने बडाका प्रतिनीधि, उद्योग बाणिज्य संघ, सरकारी नीजी र गैरसरकारी संस्थाकाका प्रतिनीधिहरुले योजना कार्यान्वयनका लागि प्रतिबद्दता साथै योजनाको प्रभावकारी कार्यान्वयनका लागि सुझाव समेत प्रस्तुत राखेका  थिए ।

    रणनीति अनुसार खाद्यसुरक्षा तथा जिविकोपार्जन सुधार, कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन, प्राङ्गगारिक तथा जलबायुमैत्री कृषि प्रवर्धन, दुध कृषि पुर्वाधार तथा बजार विकास, श्रोत केन्द्र स्थापना र क्षमता विकास र नविनतम् कृषि गरी ६ बटा भागमा कृषि तथा पशुपालनका कार्यक्रमहरू सञ्चालन हुनेछन् । समग्रमा ५ वर्षको कृषि तथा पशुपालन रणनीतिक योजनाको कुल अनुमानित बजेट रु १५,८५,७५,००० रहेकोछ, जसमध्ये सबैभन्दा बढि ३० प्रतिशत रकम कृषि तथा पशुपंछि व्यवसाय प्रवर्धन कार्यक्रमको लागि छुट्टाइने भएको छ । २२ प्रतिशत बजेट खाद्यसुरक्षा तथा जिविकोपार्जन सुधार कार्यक्रमलाई, २० प्रतिशत प्राङ्गारिक तथा जलबायुमैत्री कृषि प्रवर्धन कार्यक्रममा, १३ प्रतिशत कृषि पुर्वाधार तथा बजार विकास कार्यक्रममा त श्रोत केन्द्र स्थापना तथा क्षमता विकास कार्यक्रममा र नबिनतम् कृषि कार्यक्रमको लागि क्रमशः ९ प्रतिशत, ६ प्रतिशत बजेट आकलन गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भीरकोट नगरपालिकाका शतप्रतिशत योजना सम्पन्न

    August 29, 2025

    चेम्बर अफ कमर्श भीरकोटको अध्यक्षमा जब्बर

    August 28, 2025

    स्याङ्जाका २ स्थानीय पालिका गण्डकी प्रदेशमै अब्बल

    August 28, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता

    September 12, 2025

    संबैधानिक सर्वोच्चता कायम गर भन्दै स्याङ्जा तरुणको प्रर्दशन

    September 12, 2025

    शान्त बन्दै स्याङ्जा सदरमुकाम

    September 12, 2025

    स्याङ्जा प्रशासनद्धारा जिल्लाभर अठार घण्टे कफ्यू आदेश

    September 11, 2025

    गल्याङमा कक्षा १० का विद्यार्थीलाई अनलाइन शिक्षा

    September 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता

    September 12, 2025

    संबैधानिक सर्वोच्चता कायम गर भन्दै स्याङ्जा तरुणको प्रर्दशन

    September 12, 2025

    शान्त बन्दै स्याङ्जा सदरमुकाम

    September 12, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.