स्याङ्जा २१ भदौ । पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप सातै प्रदेशका सङ्घीय अस्पतालहरूबाट लगाउन सुरु गरिने भएको छ ।
यो खोप भदौ २७ गतेबाट १० देखि १४ वर्ष उमेरका किशोरीलाई दिइने स्वास्थ्य तथा जनजङ्ख्या मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशका लागि काठमाडौँको परोपकार प्रसूति अस्पताल, कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा पाठेघरको क्यान्सरविरूद्धको २० हजार भाइल एचपीभी खोप पठाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
पाठेघरको क्यान्सरविरूद्धको एचपीभी खोप ६ महिनाको अन्तरमा दुई मात्रा लगाउनुपर्ने पनि उहाँले बताउनुभयो ।