स्याङ्जा २७ साउन । बुटवल पावर कम्पनी (बीपीसी) को स्याङ्जा स्थित आँधीखोला बिद्युत बितरण केन्द्रको लेखा शाखामा लगाइएको ताला ३ महिनापछि खोलिएको छ।
बिद्युत नियमन आयोगले जेठ महिनामा बढाइएको मूल्य तत्काल कार्यान्वयन नगर्न भनि पत्राचार गरेपछि केन्द्रमा लगाइएको ताला स्थानीय उपभोक्ताले नै खोली दिएका हुन्। महसुल बृद्धिको बिरोधमा मिटर रिडिङमा रोक लगाउनकै लागि तालाबन्दी गरेका हुन।
वीपीसी र स्थानीयबीच भएका बिभिन्न सम्झौता वेवास्ता गर्दै आएको र एकतर्फिरुपमा बिद्युत महशुल बृद्धिगर्ने निर्णय गरेकाले उपभोक्ताहरु जेठ महिनादेखि आन्दोलित थिए। आन्दोलित स्याङजा र पाल्पाका स्थानीय उपभोक्ताले मूल्यबृद्धिको बिरोध गर्दै जेठ २२ गते केन्द्रमा तालाबन्दी गरेका थिए।
गल्याङ नगरपालिका ३ मा स्थित आधीखोला जलबिद्युत केन्द्रले ४५ देखि ७५ प्रतिशत सम्म विद्युत महशुल बृद्धि गर्ने निर्णय गरेको थियो। जसका बिरुद्धमा बिद्युत उपभोक्ताले स्याङ्जा र केन्द्रमा समेत मूल्यबृद्धिको पुनरावलोकन गर्न माग गर्दै बिद्युत नियमन आयोग, उर्जा मन्त्रालय हुदै प्रधानमन्त्री केपी ओलीसम्मको ध्यानाकर्षण गराएका थिए।
स्थानीय उपभोक्तामा मागलाई विद्युत नियमन आयोगले मनन् गर्दै बिपीसीलाई विद्युत महसुल बृद्धि गर्न दिएको अनुमति तत्काललाई कार्यान्वयन गर्न रोक लगाएपछि आन्दोलनका सबै प्रक्रिया टुंग्याइएको संघर्ष समितिका संयोजक श्याम बस्यालले जानकारी दिनुभयो ।
त्यसो त, विद्युत नियमन आयोग ऐन २०७४ का दफा २२ बमोेजिम उपभोक्ताले दिएको पुनरावलोकन निवेदनका आधारमा हाललाई बृद्धि गर्न दिएको अनुमति कार्यन्वयन नगर्न रोक लगाएको जनाएको छ। आयोगले महसुल बृद्धि गर्ने सिफारिस गरेपछि उपभोेक्ताहरुले महसुल बृद्धि गर्न नहुने भन्दै आन्दोेलन गर्दै आएका थिए।
आयोगले साउन २२ गते एक पत्रजारी गर्दै २०८१ जेठ १ गते गोेरखापत्रमा प्रकाशित गरेको विद्युत महशुल कार्यन्वयन नगर्नु र प्रचलित विद्युत महशुल नै कायम गर्नु भन्दै कम्पनीलाई आदेश दिएको छ।
बीपीसीकोे गुणस्तरीय सेवा, नेपाल सरकार सगँ भएको सम्झौता, मुआब्जा लगायतका अन्य मागहरु राख्दैै आन्दोलन गर्दै आएका थिए। स्याङ्जाका भीरकोट, वालिङ, गल्याङ, चापाकोट नगरपालिका र पाल्पाका रामपुर र रम्भा पालिका जनप्रतिनिधि, राजनीतिकदल, उद्योग व्यवसायी, उपभोक्ता लगायतको सहभागितामा महशुल फिर्ताकोे माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका थिए।
स्याङ्जा र पाल्पाकागरि वीपीसीका उपभोक्ता ४० हजार रहेको केन्द्रका प्रमुख डोलप्रसाद खरेलले जानकारी दिनुभयो ।