स्याङ्जा २९ फागुन । पराजुली बन्धु समाज स्याङ्जाले समाजका सदस्य पुतलीबजार नगरपालिका २ निवासी दिपेन्द्र पराजुलीलाई सम्मान गरेको छ ।
पराजुलीबन्धु समाजको कुलपुजाको अवसर पारेर समाजका केन्द्रिय सदस्य एवं त्रिभुवन विश्वबिद्यालयका उपप्राध्यापक पराजुलीलाई सम्मान गरिएको हो । सम्मानित पराजुलीले भारतको बिशाखापट्टनम स्थित आन्ध्रप्रदेश विश्वविद्यालयबाट बिद्याबारिधीको उपाधी हासिल गर्नुभएको जनाउदै सम्मान गरिएको हो ।
कौडिन्य ऋषिका सन्तान, पराजुली कुलका पराजुलीले भौतिकशास्त्र अन्र्तगत पदार्थिय बिज्ञानको सास्थितिक कुचालकका रुपमा म्याग्जिन अक्साईडको गणितीयक तथा प्रयोगात्मक अन्वेषण बिधामा अनुसन्धानमूलक कृतिका लागि बिद्यावारिधी एवं पीएचडी गर्नुभएको हो । उहालाई पराजुली बन्धु समाज स्याङ्जाका अध्यक्ष यादवराज शर्मा पराजुली लगायत अग्रजहरुले सम्मान गर्नुभएको थियो ।
सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । पराजुली बन्धु समाजका अध्यक्ष यादवराज शर्मा पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सदस्य युवराज पराजुलीले गर्नुभएको थियो ।