स्याङ्जा १५ कात्तिक । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) स्याङ्जाको संयोजकमा तिलक गुरुङ् चयन हुनु भएको छ ।
सात सदस्यीय तदर्थ समितिको उपसंयोजकमा अप्सरा राना सचिवमा इशा राना, सदस्यहरुमा अस्मिता राना, सिता थापा र जमुना गुरुङ् चयन हुनु भएको हो ।
नेपाल आदीवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष एमवी आस्था मगरको अध्यक्षमा भएको भेलामा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, उपप्रमुख कल्पना तिवारी, आदीवासी जनजाती महासंघ गण्डकी प्रदेश इन्चार्ज होमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, नेपाली काँग्रेस वालिङ नगर समितिका उपसभापति पदमराज गुरुङ, नेपाल प्रेस युनियनका अध्यक्ष प्रदिप कोइराला, प्रेस चौतारीका अध्यक्ष मुक्ति न्यौपाने लगायतका बक्ताहरुले आफ्नो हक अधिकारीका लागि आदीवासी पत्रकारहरु संगठित हुनु पर्नेमा जोड दिनुभयो।
नेपालकै पहिलो ग्रामिण पर्यटकीय गाँउ सिरुवारीमा ग्रामिण पर्यटन प्रवद्र्धन तथा पत्रकार अभिबृद्धि बिषयक २ दिने कार्यक्रम गरेका थिए।
Thursday, November 13
Trending
- प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
- चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
- कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
- संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
- अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
- चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
- राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
- महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
