Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फेदिखोलाको सर्केटारीमा जारी प्रथम आलु प्रदर्शनी सम्पन्न
    फेदिखोला गाउँपालिका

    फेदिखोलाको सर्केटारीमा जारी प्रथम आलु प्रदर्शनी सम्पन्न

    Syangja SandeshBy Syangja SandeshMarch 24, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ चैत । फेदिखोला गाउँपालिका १ सर्केटारीका जारी २ दिने प्रथम फेदिखोला आलु प्रर्दशनी सकिएको छ । आलु पकेट विस्तारसंगै प्रवद्र्धनमा जोड दिने उदेश्यले आलु प्रदर्शनी गरिएको हो । आलुका बिभिन्न परिवार बनाउनुका साथै आलु खरिद बिक्री गरिएका छन् ।

    कृषि उपज बजार ब्यवस्थापन सहकारी संस्था लिमिटेड र फेदिखोला साना किसान कृषि सहकारी संस्था लिमिटेड सेवा केन्द्रको ब्यवस्थापनमा प्रदर्शनी गरिएको हो ।

    प्रदर्शनीको उदघाटन गर्दे गाउपालिकाका अध्यक्ष घनश्याम सुवेदीले गाउपालिकाले किसानलाई कृषि क्षेत्रबाट आत्मनिर्भर बनाउनेगरी काम गरिरहेको बताउनुभयो । उहाले किसानका उपजलाई पालिकाले थप अनुदान दिएर हौसला बढाउनेगरी पालिकाले काम गरेको जानकारी गराउनुभयो । किसानका लागि आवश्यक बीउ, विजन, उत्पादन र बिक्रीमा समेत सहयोग गर्दे आएको उहाको भनाई छ ।

    कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनका प्रमुख माधव लम्साल, ज्ञान केन्द्रका योजना अधिकृत गुरुप्रसाद अर्याल लगायतले आलु किसानका लागि आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    फेदिखोला गाउपालिका १ का वडा अध्यक्ष अमृत क्षेत्रीले किसानका उत्पादनलाई प्रवर्दन र बजारीकरणमा सहयोग पुरयाउने लक्ष्य सहित प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।

    प्रदर्शनीमा जनकदेव, खुमल उज्जवल लगायतका आलु किनबेच भएका थिए भने आलुबाट बनाइने बिभिन्न परिकार पनि बनाएर बिक्री एवं प्रदर्शनी गरिएका थिए । आमा समूहले आलुबाट बनेका बिभिन्न परिकार बनाएर चखाउनुका साथै बनाउने सीप समेत सिकाएका थिए ।

    प्रर्दशनीमा झण्डै ६ हजार किलो आलुको किनबेच भएकोे छ । पालिकाभित्र धेरै परिणामा आलु उत्पादन गर्ने मध्येका प्रथम, दोश्रो, तृतीय र सान्त्वना हुने आलु उत्पादक किसालाई नगद सहित पुरस्कृत गरिएको छ । प्रर्दशनी राखिएका आलुको प्रति किलो ३५ रुपैंयामा खरिदबिक्री भएको थियो भने गाउँपालिकाले प्रति किलो ५ रुपैंया थप अनुदान उपलब्ध गराएको थियो ।

    वडा अध्यक्ष अमृत क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव छवीलाल ओलीले गर्नुभएको थियो । फेदिखोला आलु उत्पादनका लागि उर्वर भूमि मानिन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.