स्याङ्जा ९ चैत । नजिकिदै गरेको फागु पूर्णिमा तथा होली पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सम्भावित घटनाप्रति सजग र सतर्कता अपनाउन अनुरोध गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै बिभिन्न १२ बुदामा आमनागरिकका लागि सुझाव सहितका सर्तकता अपनाउन उल्लेख गरेको छ ।
होली पर्वलाई सभ्य, शिष्ट र स्वस्थ्यकर तरिकाले मनाउन, आत्मिय तथा आफन्तसंग मात्र होली खेल्न, पर्वका नाममा जाँड, रक्सी लगायतका मादक पदार्थ सेवनगरी उश्रुंखल क्रियाकलाप नदेखाउन, असभ्य र अश्लिल किसिमका प्रर्दशन एवं साझ अबेरसम्म होली नखेल्न, ध्वनी प्रदुर्षण नबढाउन कार्यालयको अनुरोधे छ ।
यसैगरी, महंगा गरगहना लगाएर होली नखेल्न, कसैको इ्रच्छा विपरित रंगरोगन, लोला लगायत पानी नछ्याप्न, छत तथा रेलिङ नभएका घर तथा भीडभाडमा होली नखेल्न लगायतका सुझाव सहितको सूचना जारी गरेको हो । कुनै पनि आपराधिक गतिबिधी हुन गएमा वा भएको जानकारी पाउदा साथ प्रहरी कार्यालयको १०० नम्बर र ९८५६०९०१६२ मा खबर गर्न प्रहरी उपरीक्षक शालिकराम शर्माले अनुरोध गर्नुभएको छ ।
सार्वजनिक शान्ति, सुरक्षा र ब्यवस्थालाई असर पर्नेगरी कुनै पनि कार्य गरेमा वा गराएमा प्रचलित कानून बमोजिम कारवाही गरिने समेत सूचना मार्फत जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चेतावनी दिएको छ । यसबर्षको फागु पूणिमा अर्थात होली पर्सि आइतवार परेको छ ।
