काठमाडौं २७ असार । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु की पत्नी सीता दाहालको निधन भएको छ। बुधबार बिहान साढे ८ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा दाहालको निधन भएको नर्भिक अस्पतालले जनाएको छ।
डा। युवराज शर्माले विज्ञप्ति जारी गर्दै ६९ वर्षीया दाहालको निधन भएको जानकारी दिनुभयो । स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको हो। प्रधानमन्त्री प्रचण्ड पनि बिहानै नर्भिक अस्पताल पुग्नु भएको थियो ।
उहामा पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित हुनुका साथै मधुमेह, उच्च रक्तचाप समेत थियो। उपचारको लागि यसअघि उहालाई अमेरिका, भारत र सिंगापुरमा लगिएपनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको थिएन। लामो समयदेखि अर्धचेत अवस्थामा हुनुहुन्थ्यो उहा।
दिवंगत सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी पार्टी कार्यालय कोटेश्वर लगिएको छ । दाहालको अन्त्यष्टि आजनै गरिने भएको छ ।
आज दिउँसो २ बजे पशुपति आर्यघाटमा पत्नी दाहालको अन्त्यष्टि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।