Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रतिनिधि सभाको भामुखसमा देवराज घिमिरे निर्वाचित
    राजनीति

    प्रतिनिधि सभाको भामुखसमा देवराज घिमिरे निर्वाचित

    Syangja SandeshBy Syangja SandeshJanuary 20, 2023Updated:January 20, 2023No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं ६ माघ । प्रतिनिधि सभाको भामुखसमा देवराज घिमिरे निर्वाचित हुनुभएको छ । माघ ५ गते भएको मतदानबाट घिमिरे सभामुख पदमा निर्वाचित हुनुभएको हो । प्रतिनिधि सभामा २ सय ६८ जना सांसद उपस्थित रहेकामा घिमिरेको पक्षमा १ सय ६७ मत परेको थियो ।
    उहाँको विपक्षमा एक सय मत र मत दिन्न भन्ने पक्षमा १ मत परेको ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घोषणा गर्नुभयो । नेकपा एमालेका सांसद घिमिरेलाई एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलको समर्थन रहेको थियो । मतदानमा वर्षमान पुन, बिनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी भने अनुपस्थित हुनुहुन्थ्यो ।
    सभामुखको निर्वाचनमा काँग्रेस र नेकपा एकीकृत समाजवादीले काँग्रेसका इश्वरीकुमारी न्यौपानेलाई उम्मेदवार बनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक भोली शनिबार बस्नेछ । भोली बस्ने बैठकले उपसभामुख चयन गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
    यसैबीच नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको आफूले ठिक ढङ्गबाट नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सभामुखमा निर्वाचित भएपछि उहाँले पत्रकारसँग कुराकानी गर्दै सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भूमिका खेल्ने बताउनुभयो ।

    को हुन घिमिरे ?
    सभामुख घिमिरे झापा (२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्। आफ्ना विचारहरु स्पष्ट रुपमा राख्ने नेताका रुपमा चिनिन्छन्। उनी २०१३ साल जेठ १३ गते सिरिजंघा गाउँपालिका वडा नम्बर ३ सिकैचा,ताप्लेजुङमा जन्मिएका हुन्। घिमिरेले स्नातक तहसम्मको अध्ययन गरेका छन्।

    २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरे २०५६ सालमा राष्ट्रिय सभा सदस्य र २०७९ मा प्रतिनिधि सभा सदस्य बनेका हुन्।

    नाम ः देवराज घिमिरे
    ठेगाना स् अर्जुनधारा नगरपालिका वडा नम्बर ६,झापा
    जन्मस्थान स् सिरिजंघा गाउँपालिका वडा नम्बर ३ सिकैचा,ताप्लेजुङ
    जन्ममिति स् २०१३ साल जेठ १३ गते
    बुवाको नाम स् पदमप्रसाद घिमिरे
    आमाको नाम स् भिमकुमारी घिमिरे
    वैवाहिक स्थिति स् विवाहित
    श्रीमतीको नाम स् टिकादेवी बस्नेत ९घिमिरे०
    शैक्षिक योग्यता स् स्नातक

    बाल्यकाल र शैक्षिक अवस्था

    ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका वडा नं ३ मा बुवा पदम प्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको कोखबाट १२ जना छोराछोरीमध्ये माइलो छोराको रुपमा वि।सं।२०१३ साल जेठ १३ गते देवराज घिमिरेको जन्म भएको थियो । निम्न मध्मम परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट वि।सं।२०२९ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। उनले धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आई।ए।र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातक अध्ययन गरेका हुन्।

    राजनीतिमा प्रवेश

    वि।सं।२०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी ९कोके०गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका थिए। २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटिका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए।

    राजनीतिक जिम्मेवारी

    २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा पाएका जिम्मेवारीहरु–
    २०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक,
    २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख,
    २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरण पछि सम्पन्न नेकपा ९एमाले० को पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य,
    २०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज,
    २०५८ सालमा केन्द्रीय विभाग अन्र्तगत स्वास्थ्य विभागको इन्चार्ज । त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन,
    प्रगतिशील प्राध्यापक संघको इन्चार्ज,
    २०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष,
    २०७८ सालमा सम्पन्न नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज,
    ९भूमिगत राजनीतिमा पञ्चायती शासकले उहाँको राजनीतिक गतिविधि नियन्त्रणका लागि पटक पटक पक्राउ पूर्जी जारी गरेको०

    मोर्चाको जिम्मेवारी
    २०५६ सालमा राष्ट्रिय सभा सदस्य
    २०७९ मा प्रतिनिधि सभा सदस्य ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.