स्याङ्जा २९ पुस । प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेशको दोस्रो अधिवेसन तथा विचार गोष्ठी स्याङ्जाको वालिङ्मा सम्पन्न भएको छ । लोकतन्त्रको सवलीकरण र सुदृढिकरणमा नागरिकको भुमिका विषयक विचार गोष्ठी संगै अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनको उदघाटन गर्दे नेपाली कांगे्रसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले लोकतान्त्रिक पार्टी नेपाली कांगे्रसले आफ्नो सिद्धान्त अनुसार अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । पार्टीले नेतामुखी भन्दा कार्यकर्तामुखी काम गर्नुपर्ने भन्दै नेपाली कांगे्रस दुखी गरिबको पार्टी बन्नुपर्ने बताउनुभयो । लोकतन्त्रको बिकल्प प्रजातन्त्र नहुने जनाउदै निजी धर्म, संस्कार र संस्कृतिमाथि कसैले पनि हस्तक्षेप गर्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा लोकतान्त्रिक समाजका केन्द्रिय अध्यक्ष कुलचन्द्र वाग्ले, समाजका निर्वतमान अध्यक्ष डा. केदारनरसिंह केसी, प्रदेश सांसदद्धय भोजराज अर्याल र कल्पना तिवारी, समाजका केन्द्रिय महासचिव बासुदेव भण्डारी, नेपाली कांगे्रस स्याङ्जाका क्षेत्रिय सभापति दिलिपप्रताप खांण, समाजका कास्कीका अध्यक्ष बिरबहादुर कार्की लगायतले लोकतन्त्रको सवलीकरण र सुदृढिकरणमा नागरिकले सहीलाई सही र गलतलाई गतल भन्न सक्नु पर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा प्राध्यापक दिनानाथ बरालले लोकतन्त्रको सवलीकरण र सुदृढिकरणमा नागरिकको भुमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
समाजका प्रदेश अध्यक्ष जिवलाल काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत स्याङ्जाका अध्यक्ष युक्तबहादुर बागेटीले स्वागत एवं सचिव सिता गौडेलले संचालन गर्नुभएको थियो ।
यसैगरी, अधिवेशनले प्रदेश उपाध्यक्षमा कास्कीका कृष्णप्रसाद तिमिल्सिना, सचिवमा कास्कीका डा. नवराज न्यौपाने, सहसचिवमा तनहुँका कृष्णहरि गैह्रे, कोषाध्यक्षमा स्याङ्जाका शान्ता थापा चयन भएका छन् ।
सदस्यहरुमा तनहुँका प्रदिप घिमिरे, तनहुँकै भरत काफ्ले र बाग्लुङका डा. इश्वर कंडेल रहनुभएको निर्वाचन समितिका संयोजक धुव शर्मा पंगेनीले जानकारी दिनुभयो ।
केन्द्रिय उपाध्यक्ष नै स्वतः प्रदेश अध्यक्ष हुने प्रावधान भएकाले स्याङ्जाका जिवलाल काफ्ले प्रदेश अध्यक्षमा यसअघि नै निर्वाचित भैसक्नु भएको हो ।