स्याङ्जा ५ साउन । स्याङ्जाको गल्याङ् नगरपालिकाको सिंचाई पोखरीमा डुबेर छोरी र आमा नाता पर्ने एक महिलाको मृत्यु भएको छ।
गल्याङ् नगरपालिका ७ पेलाकोट स्थित सिंचाईकालागि निर्मित प्लाष्टिक पानीपोखराीमा डुवेर ४ बर्षिया कामना गुरुङ र ३३ बर्षिया बिन्द्र गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
प्रहरी प्रवक्ता समेत रहेका खनालका अनुसार, ‘बुधवार साँझ सिंचाई पोखरीमा बालिका खसेपछि उनलाई उद्धार गर्न जाने क्रममा आमा नाता पर्ने बिन्द्र पोखरीमा डुबेपछि दुबैलाई घाईते अवस्थामा अस्पताल पु¥याइएको हो।’
स्थानीयले उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको उनीहरुको उपचारको क्रममा मृत्यु भएको बताइएको छ। घटना बारे अनुसन्धान भैरहेकोे प्रहरीले जनाएको छ।
Saturday, September 20
Trending
- आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
- “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
- आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
- संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
- अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित