स्याङ्जा ८ माघ । पुतलीबजार नगरपालिका र यूएनडीपीको आर्थिक प्राबिधिक सहयोग तथा सूर्यौदय क्लबको ब्यवस्थापनमा संञ्चालित कोभिड १९ आर्थिक सामाजिक प्रतिकार्य पहल सम्बन्धी कार्यक्रममा शुक्रवार हाते ट्याक्टर बितरण गरिएको छ ।
पुतलीबजार वडा नं. १० का ११ जना किसानलाई जनही ८५ प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराइएको हो। ट्याक्टरको बजार मुल्य ४५ हजार छ। कार्यवाहक नगरप्रमुख ओमबहादुर खड्का र प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले हाते ट्याक्टर प्रदान गर्दै टयाक्टरको सही सदुपयोग गर्दे मौसमी तथा बेमौसमी कृषि उत्पादनमा जोड दिन किसानलाई सुझाव दिनुभयो ।
यसबर्ष पुतलीबजारमा ९३ वटा हाते ट्याक्टर बितरण गर्ने योजना रहेको क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाले भन्नुभयोे, ‘पुतलीबजारका १४ वटा वडाका हरेक टोलमा एउटा हाते ट्याक्टर पुरयाउने र त्यहाँका किसानले कम मुल्यमा सो ट्याक्टरको उपयोग गर्न पाउन भन्ने उदेश्य हो।’ हिजोआज हलगोरुका बिकल्पका रुपमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ। स साना गह्रादेखि ठूल्ठूला फाँटसम्म कम मूल्यमा सहजरुपमा जोत्न सकिने किसानको भनाई छ।