Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा फागुन १८ गतेदेखि २१ गतेसम्म दादुरा रुवेलाको खोप दिईने
    पुतलीबजार नगरपालिका

    पुतलीबजारमा फागुन १८ गतेदेखि २१ गतेसम्म दादुरा रुवेलाको खोप दिईने

    Syangja SandeshBy Syangja SandeshFebruary 26, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ फागुन । पुतलीबजार नगरपालिकाभित्रजन्मेर ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई फागुन १८ गतेदेखि २१ गतेसम्मदादुरा रुवेलाको खोप लगाईने भएको छ ।   

    सन२०२६ सम्ममा नेपालाई दादुरा रुवेला मुक्तबनाउने उदेश्यले  पुतलीबजार नगरकार्यपालिकाको कार्यालयको अयोजनामा नगर स्तरीय खोप समन्वय समिति सदस्य, स्वास्थ्यकर्मी र सरोकारवालाबीच गरेको अन्र्तक्रिया गर्दे सो का बारेमा जानकारी गराइएको हो ।

    कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले ९ महिनादेखि ५ बर्ष मुनिकाकुनै पनि बालबालिका दादुरा रुवेला खोपबाट वंचित हुन नहुने बताउनुभएको छ । नगरप्रमुख रेग्मीले घर, टोल, समाजदेखि वडा हुदै पालिकासम्मका बालबालिकालाई खोपका बारेमाजानकारी गराउन सुझाव दिनुभयो ।

    यस पुनित कार्यका लागि नगरकार्यपालिका, वडा, खोपसमन्वय समिति, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्थानीयबासी सबैले सहयोग गरेरबालबालिकालाई खोप लगाउने वातावरण मिलाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

    कार्यक्रममा  नगर प्रवक्ता एवं वडाअध्यक्ष मनोज पौडेल, सामाजिक विकास समितिका संयोजक एवं वडाअध्यक्ष इर्मबहादुर सेनले वडाकार्यालयले बालबालिकालाई खोप लगाउने कार्यमा सबैको सकारात्मक सहयोग मिलेको र उहाहरुलाई बालबालिका लिएर खोप लगाउनका लागि आमन्त्रण गरिएको बताउनुभयो ।  

    जिल्ला अस्पताल स्याङ्जाका डा. सचिन रानाभाटा, जिल्ला स्वास्थ्य कार्यालय परिवार नियोजन अधिकृत मित्रअर्याल, पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख अनिशा सुवेदीले दादुरा रुवेला रोगकाबारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्दै यी दुबै धेरै छिटो सर्ने संक्रामक तथा प्राणघातकरोग भएको जानकारी दिनुभयो । उहाहरुका अनुसार यी रोगका लागि बिशेष औषधी रउपचार नभएकाले खोपबाट नियन्त्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।

    पुतलीबजारका १४ वडामा४६ वटा खोपकेन्द्र मार्फत खोप दिईने हुदा आफुलाई पायक पर्ने स्थानमा गएर खोपलगाउन सकिने बताउनुभयो । पुतलीबजारमा जन्मेको ९ महिनादेखि ५ बर्षमुनिका २ हजार४२५ बालबालिकालाई खोप दिईने पालिकाको लक्ष्य   छ ।  स्याङ्जाका ११ वटै पालिकामा झण्डै १६ हजार ४ सय बालवालिकाले उक्त खोप लगाउने भएकाछन् ।  

    ज्वरो आउनु, शरीरमा राता बिमिरादेखा पर्नु, खोकी लाग्नु, आँखा पाक्ने जस्ता लक्ष्यण देखा पर्ने र पछि ठूला जटिलता समेत आउन सक्ने जनाउदै दादुरा खोप लगाइ सकेका बालबालिकाले पनि पुनः खोप लगाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिनुभयो ।


    स्याङ्जामा पालिका अनुसार आ आफुले मितिनिर्धारण गरेर खोप अभियान सुरु गरेका छन् भने पुतलीबजार नगरपालिकाले फागुन १८देखि २१ सम्मका लागि मिति तय गरेको छ । अन्र्तक्रिया कार्यक्रममा पुतलीबजार स्वास्थ्य अधिकृत इश्वरबहादुर थापाले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.