स्याङ्जा २५ पुस । पुतलीबजार नगरपालिका वडा नं. ११ स्थित ४ वटा सामुदायिक बिद्यालयमा अध्ययरत ८३ जना बालबालिकालाई ट्रयाकसुट उपलब्ध गराइएकोे छ ।
सामुदायिक विद्यालय विकास कार्यक्रम अन्तर्गत वडा भित्रका ४ वटा विद्यालयमा अध्ययरत सबै बालबालिकालाई नगरप्रमुख तुलसीराम रेग्मीले ती कपडा प्रदान गर्नु भएको हो ।
न्यानो कपडा (ट्रयाकसुट) प्रदान गर्दै नगरप्रमुख रेग्मीले सामुदायिक बिद्यालयतर्फ बालबालिकाको अध्ययरत दर बढाउनका गुणस्तरीय शिक्षा सहित यस्ता लाभकारी थप स्किम ल्याउन नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
प्रमुख रेग्मीका अनुसार ‘बिद्यार्थी घट्नुमा बिभिन्न कारण भएता पनि, जति छन् उनीहरुलाई टिकाउनु र गुणस्तरी शिक्षा दिनु हामी सबैको जिम्मेवारी हो।’
वडाभित्रका सबै बिद्यार्थीलाई ट्रयाकसुट बितरण गरिएको र आउदा दिनमा पनि न्यानो कपडा दिइने प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाको भनाई छ।
नगरप्रमुख रेग्मीले एकैदिन विश्व शान्ति आवासिय मावि, दिव्यज्ञान आवासिय माविमा, महेन्द्र देववाणी आवासिय मावि र विद्यादेय आवासिय माविमा अध्ययनरत ८३ जना बिद्यार्थीलाई कपडा वितरण गरेको वडा अध्यक्ष मनोज पौडेलले जानकारी दिनभयो ।
वितरण कार्यक्रममा कार्यपालिका सदस्य संजिता अर्याल, वडा सदस्यहरु विष्णुबहादुर पराजुली, अशोक रेग्मी, सुुनिता नेपालीले शैक्षिक गुणस्तर बृद्धिका लागि यसअघि पनि वडा कार्यालयले शैक्षिक सामाग्री उपलब्ध गराएको बताउनुभयो ।