स्याङ्जा १९ साउन । पुतलीबजार नगर स्तरीय प्रज्ञा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यले सथप ग्रह गरेका छन्। पुतलीबजार नगरपालिका अन्र्तगतका प्रज्ञा प्रतिष्ठानका उपकुलपति सहित सदस्यहरुले शुक्रवार सपथ लिएका हुन्।
नगरप्रमुख एवं प्रतिष्ठानका कुलपति तुलसीराम रेग्मीले उपकुलपति सहित २१ सदस्यलाई सथप गराउनुभएको हो ।
भाषा, कला, साहित्य एवं संस्कृतिको संरक्षण, सम्बद्र्धन गर्ने उदेश्यले दुई साताअघि नगरप्रमुख रेग्मीले उपकुलपति सहित १६ सदस्यीय समिति मनोनय गर्नुभएको थियो ।
समितिमा प्रमुख प्रशासकिय अधिकारी, कार्यपालिकाका २ सदस्य र शिक्षा शाखा प्रमुखलाई सदस्य सचिव पदेन रहनेगरी पुतलीबजार प्रज्ञा प्रतिष्ठान ऐन २०८० बनेको छ। हालै सम्पन्न १३ औं नगरसभाले सो ऐन पारित गरेको थियो।
नगरप्रमुख तुलसीराम रेग्मीले प्रज्ञाप्रतिष्ठान ऐन, २०८० को दफा ४ उपदफा १ (ख) बमोजिम उपकुलपति र (ङ) बमोजिम १४ सदस्यीय प्रतिष्ठान मनोनयन गर्नुभएको हो ।
उपकुलपति विश्वप्रेम अधिकारी र सदस्यहरुमा, लोकराज शर्मा, सुर्यप्रसाद दोरंगा, प्रा.डा. दिपेन्द्र पराजुली, डा. विश्वबन्ध पोखरेल, राजेन्द्र श्रेष्ठ, भवानी अधिकारी, अशोक गुरुङ, चिन्तु गिरी, सुनिता पौडेल, मञ्जु थापा, सम्झना थापा, राम बहादुर परियार, गुरुप्रसाद ढकाल र तारा पौडेल श्रेष्ठ छन्।
यसैगरी, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, नगरकार्यपालिका सदस्य द्धयमा शिवबहादुर थापा, अग्नीप्रसाद पौडेल र सदस्य सचिवमा बाबुराम बराल रहनु भएको छ ।
सोही कार्यक्रममा प्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, नगरप्रवक्ता मनोज पौडेल, उपकुलपति विश्वप्रेम अधिकारी, निमित्त प्रमुख प्रशासकिय अधिकारी बाबुराम बरालले नगरपालिकाका भाषा, साहित्य, कला, संस्कृति, ऐतिहासिकताका रक्षाका लागि गठित प्रज्ञा प्रतिष्ठानले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।