स्याङ्जा १३ फागुन । मानव अधिकार तथा शान्ति समाज नेपाल केन्द्रिय समितिले पुतलीबजार नगरपालिका वडा नं. १४ स्थित पाणिनि संस्कृत गुरूकुलममा आर्थिक सहयोग गरेको छ ।
शुक्रवारदेखि स्याङ्जामा भएको केन्द्रीय बैठक लगायत बिबिध कार्यक्रममा सहभागी हुनु भएका मध्ये केन्द्रिय पदाधिकारी सहितको समूहले स्वेच्छिकरुपमा नगद संकलनगरी २५ हजार नगद प्रदान गर्नुभएको हो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति रामकृष्ण बरालले आश्रम संचालक समितिका कार्यवाहक अध्यक्ष चुडामणी शर्मा र आश्रममा अध्ययरत बालकहरुलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण गर्दे सभापति बरालले बिज्ञानसंग जोडिएको संस्कृत शिक्षाको महत्व धेरै रहेको जनाउदै यस्ता गुरुकुलप्रति सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
परापूर्वकालदेखिका हाम्रा धर्म, संस्कार, संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि गुरुकुल आवश्यक रहेको जनाउदै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा समाजका केन्द्रिय पूर्वसभापति उत्तम पुडासैनी, निवर्तमान सभापति गोबिन्द खनाल, गुरुकुलका शिक्षक नारायण भट्टराई लगायतले संस्कृत शिक्षा र अहिलेको आवश्यकताका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
मानवअधिकार तथा शान्ति समाज स्याङ्जाका सभापति हरिप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुरुकुल संचालक समितिका कार्यवाहक अध्यक्ष चुडामणी शर्माले स्वागत एवं सचिव रविन केसीले संचालन गर्नुभएको थियो ।