स्याङ्जा २७ मङसिर । पुतलीबजार नगरपालिकाबाट पाँच जना तास खेलेकाहरु पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका १० राङखोलाबाट शुक्रबार दिउँसो ३स्४५ बजे पाँच जना जुवाडे पक्राउ परेका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसादअधिकारी जानकारी दिनभयो ।
प्रवक्ता समेत रहनु भएका अधिकारीका अनुसार उनीहरुलाई पुतलीबजार नगरपालिका १० राङखोला स्थित सोही ठाउँ बस्ने एक आवासिय घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ८४ हजार ६ सय ९० रुपैयाँ आफनो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । उनीहरुलाई अदालतबाट सात दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीले जुवाडे पक्राउ अभियानलाई तिव्रता दिएको छ ।
Wednesday, December 3
Trending
- भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
- पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
- त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
- गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
- भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
- वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
- मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
- एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
