स्याङ्जा १ साउन । पुतलीबजार नगरपालिकाले पटके सवारी कर खारेज गर्ने निर्णय गरेको छ। शनिवार बसेको बैठकले पुतलीबजार नगर क्षेत्र भित्र सडक उपयोग गरे वापत लिईने शुल्क नलिने भएको हो।
स्थानीय पालिकाले जथाभावी कर लगायो भन्ने गुनासा सुनिरहेका बेला पटके सवारी कर नलिने भन्दै जिल्लामै पहिलो पटक पुतलीबजार नगरपालिकाले यस्तो निर्णय गरेको हो। सवारी कर खारेज गर्ने निर्णय भएसंगै पुतलीबजार नगरवासी खुशी भएका छन्।
योसंगै एकै सडकमा ओहोर दोहोर गर्दापिच्छे कर बुझाउनुपर्नेे प्रचलनको अन्त्य भएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए। चुनावी घोषणापत्र अनुरुप पटके सवारी कर खारेज गरेको उनको भनाई छ।
उहाले भन्नुभयोे, ‘चुनावी अभियानमा घरदैलो गर्ने क्रममा स्थानीयबासीले पटके कर तिर्नु परेको गुनासा अत्याधिक सुनाएकाले उनीहरुका समस्यालाई मनन् गर्दै खारेज गरेका हौ।’
योसंगै बाडखोला — दुलेगौडा ग्रामिण सडक, प्रगतीनगर— बहाकोट ग्रामिण सडक, स्याङ्जा— पुतलीखेत —लाम्पाटा —टिकाजा —सतौं — आरुचौर ग्रामिण सडक, प्रगतीनगर—घुम्ति चिसापानी ग्रामिण सकड, सुम्रेखोला— नुहारभन्ज्याङ— अर्जुनचौपारी ग्रामिण सडक, जाँडखोला — पेल्काचौर ग्रामिण सडक, स्याङ्जा बजार— हुनिकोट ग्रामिण सडक, पुतलीखेत — ठूलीवेशी उनियाचौर— नागडाँडा सडक लगायत अन्य सडकमा समेत सवारी शुल्क वापतको रकम उठाउन र ढाँट तेस्र्याउन नपाउनेगरी निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तिले जानकारी दिनुभयो।
यसअघि सडक मर्मतसंभार भन्दै बिभिन्न ८ प्रकारका मुख्य सडकहुदै भित्री सडक छिर्ने मार्गमा सवारी साधन अनुसारका कर लगाइन्थे। यसैबाट पालिकाले लाखौं रुपैंया राजश्व संकलन गथ्र्र्यो।
तर, स्थानीय तहको निर्वाचनसंगै भर्खरै विजयी नगरप्रमुखले भने पटके सवारी करका नाममा नगरबासीलाई मर्कामा पार्नु नहुने जनाउदै खारेज गरेको जनाउनुभयो ।
Friday, January 31
Trending
- लागु औषध सहित १९ बर्षिय सेन्चुरी पक्राउ
- पुतलीबजारका एक हजार ७२० लाई एचपिभी खोप लगाइदै
- पुतलीबजारले एक सय २० वटा हाते टयाक्टर बितरण
- गल्याङमा मगर भाषा अर्थात अक्खा लिपि प्रशिक्षण
- पञ्चकन्या मन्दिर स्थित नवग्रह मन्दिर ब्यवस्थापन समिति अध्यक्षमा भरत
- सुरक्षा परिषद प्रताव नं. १३२५ र १८२० का बारे स्याङ्जामा अन्तर्रक्रिया
- पूर्व शिक्षामन्त्री मेखलाल श्रेष्ठद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
- भूमि समस्या समाधान आयोग स्याङ्जाका अध्यक्ष तारा शर्माद्धारा पद बहाली