Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 31
    Trending
    • स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर
    • स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने
    • डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन
    • काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित
    • हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण
    • पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट
    • खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न
    • मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली कांग्रेस महाधिवेशन अन्र्तगत निर्वाचित ८ सहमहामन्त्री
    राजनीति

    नेपाली कांग्रेस महाधिवेशन अन्र्तगत निर्वाचित ८ सहमहामन्त्री

    Syangja SandeshBy Syangja SandeshDecember 17, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं २ पुस। नेपाली कांग्रेसको मधेसी तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका महेन्द्र यादव विजयी हुनुभएको छ । उहाँले डा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएका रामकृष्ण यादवलाई पराजित गर्नुभएको हो । महेन्द्रले २०२६ मत ल्याएर विजयी यी हुनुभएको हो भने रामकृष्णले १८२० मत प्राप्त गर्नुभएको छ । रामकृष्ण २०६ मतको अन्तरले पराजित हुनुभएको हो ।


    नेपाली कांग्रेसको थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ । उहाँ कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दिनुभएको थियो ।उहाँले शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गनुभएको हो ।


    नेपाली काँग्रेसको पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी हुनुभएको छ । पाण्डेले डा शेखर कोइराला प्यानलका पाण्डे विजयी हुनुभएको हो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिनुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहनु भएका जीवन बहादुर शाहीलाई पराजित गर्नुभएको हो । पाण्डेले २४११ मत ल्याएर विजयी हुँदा शाहीले २१३३ मत पाउनु भएको छ । शाही पाण्डेसँग २७८ मतान्तरले पराजित हुनुभएको हो ।

    नेपाली कांग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ । देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह राठौर निर्वाचित हुनुभएको हो । राठौरले २५७६ मत प्राप्त हुँदा चालिसेले २०५९ मत प्राप्त भएको हो । किशोरसिंह देउवा समूहका र देवराज कोइराला समूहबाट उम्‍मेदवारी दिनुभएको हो ।

    मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित हुनुभएको छ । फर्मुल्लाह मन्सुर शेरबहादुर देउवा समूहका हुनुहुन्छ । शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्नुभएको छ । मन्सुरले २७७६ मत प्राप्त गर्दा वकिलले १८७१ मत प्राप्त गर्नुभएको हो ।


    दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी हुनुभएको छ ।जीवन परियारले मानबहादुर विश्वकर्मालाई पराजित गर्नुभएको हो । कडा प्रतिष्पर्धा भएकाले दुवैबीच केही भोटको मात्र अन्तर छ । परियारले १९१९ मत ल्याउँदा विश्वकर्माले १८९२ मत ल्याउनुभएको हो । परियार शेखर कोइराला समूहका र विश्वकर्मा शेरबहादुर देउवा समूहका हुनुहुन्छ ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्र्तगत आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका भीष्मराज आङदेम्बे निर्वाचित हुनुभएको छ । शेखर कोइराला समूहका उम्मेदवार विकास लामालाई ७९८ मतान्तरले हराउँदै आङ्देम्बे निर्वाचित हुनुभएको हो । विजयी आङ्देम्बेले २ हजार ७११ मत छ भने लामाले १ हजार ९१३ मत ल्याउनुभएको हो ।

    नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला सहमहामन्त्रीमा पदमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी हुनुभएको छ । उहाँले २५३३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँकी प्रतिष्पर्धी कमला पन्तले २१०५ मत ल्याउनुभएको छ । डिना शेरबहादुर देउवा समूहकी हुनुहुन्छ । कांग्रेस सहमहामन्त्रीको महिलातर्फ ४६३८ मत खसेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.