Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपालमा कोरोनाको ओमिक्रोन संक्रमण पुष्टि
    समाचार

    नेपालमा कोरोनाको ओमिक्रोन संक्रमण पुष्टि

    Syangja SandeshBy Syangja SandeshDecember 6, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं २० मंसिर । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन को संक्रमण पुष्टि भएको छ। ‌ओमिक्रोनबाट दुईजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो। उहाका अनुसार संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ।
    यसअघि छिमेकी मुलुक भारतमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ। त्यहाँ करिब दुई दर्जनबढी मानिसमा संक्रमण देखिएको भारतीय मिडियाहरुले जनाएका छन्। नयाँ भेरियन्ट करिब ४० बढी देशमा फैलिइसकेको छ।


    ओमिक्रोन भेरियन्ट स् के छन् लक्षण, कसरी बच्ने ?
    नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । दक्षिण अफ्रिकाहुँदै नेपाल भित्रिएका दुईजना विदेशी नागरिकमा संक्रमण देखिएको हो । विशेषज्ञहरुले यो भेरियन्टलाई निकै घातक भनेका छन् ।
    कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन म्युटेसन देखिएको छ र नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो ।

    विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। दक्षिण एसियाका केही देशहरूमा समेत यो भेरियन्ट पुष्टि भइसकेको छ । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भइरहेको छ । यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेको खोपको विवरण लिने गरेको लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भइ प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमारका अनुसार नेपालमा ओमिक्रोन पुष्टि भएपछि निगरानीका लागि ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंग’ को कार्यलाई थप प्रभावकारी बनाइएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आम नागरिकलाई ओमिक्रोनसम्बन्धी वैज्ञानिक तथ्य प्रेषण गर्न विश्वमा भएका यससम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सही सूचनाहरू आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ।

    स्वास्थ्य मन्त्रालयले कोभिड १९ का अरू भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना ९मास्कको सही प्रयोग, भौतिक दूरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने सुझाएको छ। भाइरसबाट बच्न खोपको प्रयोग महत्वपूर्ण हुने भएकाले सबैले मापदण्डको पालना गरी खोप अभियानमा सहभागी हुनसमेत आग्रह गरेको छ।

    यस्ता देखिन्छन् लक्षणहरु
    सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनले दक्षिण अफ्रिकाका चिकित्सकहरूको अनुभवअनुसार लक्षण त्यति कडा नभएको बताउनुभएको छ । त्यहाँका संक्रमितको अनुभवको आधारमा अत्यधिक थकान, टाउको र जीउ दुख्ने जस्ता समस्या देखिएको भनिएको छ।

    संक्रमित धेरैलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था नभएको, अचानक अक्सिजन कमी हुने समस्या पनि नदेखिएको उहाले बताउनुभयो । तर, डा। पुनले सावधानी भने अपनाउन आग्रह गर्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.