Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 9
    Trending
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपालकै सबैभन्दा अग्लो दावी गरिएको बुद्ध मूर्ति स्याङ्जाको थाप्लेमा
    अर्जुनचौपारी गाउँपालिका

    नेपालकै सबैभन्दा अग्लो दावी गरिएको बुद्ध मूर्ति स्याङ्जाको थाप्लेमा

    Syangja SandeshBy Syangja SandeshJanuary 2, 2022Updated:January 2, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ पुस । स्याङ्जाको थाप्लेमा निर्मित वशाल बुद्ध मुर्तिले पर्यटक आगमनलाई ह्वात्तै बढाएको छ । मूर्ति अवलोकन तथा घुमघाम गर्नेको ओइरो लागेको छ ।
    नेपालकै सबैभन्दा अग्लो दावी गरिएको ५८ फिटे बुद्ध मूर्ति यहाँको अर्जुनचौपारी र आँधीखोला गाउँपालिकाको संगमस्थल पनि हो । विशेष गरी यो अर्जुनचौपारी वडा नं। ६ को थाप्लो मै पर्छ। समुन्द्री सतहदेखि झण्डै २२ सय मिटरको उचाईको थाप्लेमा विशाल बुद्धको मूर्ति बनेको छ । दरौंका गुरुङ समुदायको सहयोगमा बुद्ध मूर्ति निर्माण भएको हो ।
    विसं २०७५ सालदेखि सुरु गरिएको मूर्ति २ वर्षमा रंगरोगन सहित पूरा भएको छ । निकै आकर्षक सो मूर्ति झण्डै १ करोड ५० लाखको लागतमा निर्माण भएको हो ।शहर केन्द्रित बसाइसराइलाई नियन्त्रण गर्न भूमिबहादुर गुरुङ् (विश्व) ले थाप्लेमा विशाल मूर्ति निर्माणको परिकल्पना गर्नुभयो । गाउँले दाजुभाइलाई भेला गराउनुभयो ।
    पोखरा, काठमाडौं लगायत विदेशमा पुगेका स्थानीयबासी सबैले मन खुलाएर सहयोग गर्नुभयो ।करोडको संख्यामा रकम जम्मा भयो । त्यसपछि मूर्ति निर्माण सुरु गरियोे, विश्व भन्नुहुन्छ । नेपाली काँग्रेसका नेता समेत रहनुभएको विश्व एक्लैले ५० लाख सहयोग गर्नुभएको छ । मूर्ति निर्माणसँगै यहाँ चहलपहल बढेको छ । बालबालिकादेखि जेष्ठ नागरिकसम्म यहाँ आउने गर्छन् ।
    मानिसका चहलपहल बढेसँगै यहाँ रेष्टुरेन्ट र गेष्टहाउस सञ्चालनमा ल्याइएको छ । उहाँले भन्नुभयो, ’सुन्दर शान्त र रमणीय स्थलमा बनेको मूर्तिको स्थापनापछि दैनिक सयौंका संख्यामा मानिस आउने गरेका छन् । दैनिक ५ सय व्यक्ति घुम्न आउँछन् भने २० देखि ३५ जनासम्म दिनहुँ बस्न गर्छन् । हामी उनीहरुलाई स्थानीय खाना र संस्कृतिमा रमाउने वातावरण दिन्छौं। ५० जना क्षमताको गेष्ट हाउस पनि संचालनमा छ।’ ‘
    विशाल बुद्ध मूर्ति र यहाँका मनोरम प्रकृतिमा रमाउदै समय बिताउने र क्लिक क्लिक गर्दे फोटो खिच्ने पनि उत्तिकै हुन्छन्’, गेष्ट हाउस संचालक संजीव गुरुङले भन्नुभयो, ‘दिनमा आएर फर्कने हुन् वा, बासै बस्नेका लागि पनि स्थानीय खाना र सांस्कृतिमा रमाउन सक्नेछन् ।’
    पर्यटकका चाहना बमोजिम क्याम्प फायर, लोक दोहोरी, बार्वी क्यू लगायतका मनोरञ्जनको सुविधा उपलब्ध भएको र घुम्न मात्र नभए बैठक, सेमिनार र अन्य कार्यक्रम पनि गरिने उहाँले बताउनुभयो ।
    उक्त स्थानबाटै माछापुच्छ्रे, धवलागिरि लगायतका थुप्रै हिमशृंखला प्रत्यक्ष हेर्न सकिन्छ।
    बिहानको सूर्योदय र सूर्यास्त पनि नजिकैबाट देख्न सकिनेछ। आँधीखोला उपत्यकाका लगायत खर्सुको लेक, डहरेको चुचुरो, अलि पर रहेको शिरुवारी पोखरा लगायत वरपरका केही उपत्यका पनि प्रत्यक्ष देख्न पाइन्छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025

    पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक

    November 30, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार

    November 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.