स्याङ्जा, १८ चैत । नेकपा एमाले स्याङ्जाका जिल्ला कार्य कमिटी सदस्य लक्ष्मीप्रसाद बराल (बद्री)ले पार्टीको सदस्यता त्यागी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
आफु लगायत सक्रिय नेता कृष्णप्रसाद पौडेल, राजेन्द्रप्रसाद बराल, शोभितबहादुर कार्की लगायत झण्डै डेढ सय जना प्रवेश गरेको बरालले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा पार्टी प्रवेशले तिव्रता पाएको छ। नेता तथा कार्यकर्ताले राजनीनिक दल रोज्ने र छाड्ने कार्य दिनहुँ जसो देखिने गरेको छ। पछिल्लो समय जिल्लामा नेपाली कांग्रेसतर्फ युवाहरुको आकर्षण बढेको छ ।
तीन दशकदेखि नेकपा एमालेका सक्रिय संगठित सदस्य एवं फेदिखोला गाविसका पूर्व अध्यक्ष समेत हो । २०४४ सालमा अनेरास्ववीयूको सदस्य बन्नु भएका उहा २०५० सालदेखि संगठित सदस्य भएको बताउनुभयो । दश बर्ष फेदिखोला गाविसको सचिव र ८ बर्ष अध्यक्ष भई काम गनर्् भएका उहा कम्यूनिष्टका भनाई र गराईमा धेरै भिन्नता भएकाले आफु अलग्गिन बाध्य भएको जनाउनुभयो । कम्यूनिष्टहरु जनतालाई उचाल्ने खालका नारा तय गर्ने तर ब्यवहारमा कार्यान्वयन नगर्ने हुनाले सो पार्टी त्यागगरी कांग्रेसमा प्रवेश गरेको उहाको भनाई छ । सबै आर्थिक कार्यक्रमहरु नेपाली कांग्रेसकै फलो गर्ने भएपछि किन माउ पार्टीमै नबस्ने भन्दै चैत १३ गते नै जिल्ला सदस्य पदबाट राजीनामा दिएको उहाको भनाई छ । बराल बिभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थामा पनि सक्रिय हुनुहुन्छ ।
फेदिखोला गाउँपालिकामा आयोजित कार्यक्रममा बराल लगायत नवप्रवेशी युवाहरुलाई नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गर्नुभएको हो । सदस्यता प्रदान गर्दे उहाले, ‘सबै बर्गका बिचार र भावना समेट्दै अघि बढ्ने पार्टी भएकाले सबैलाई नेपाली कांग्रेसमा गोलबद्ध हुन आग्रह गर्नुभयोे।’
‘लोकतन्त्र र स्वतन्त्रताका पक्षधर नेपाली कांग्रसले हिजोदेखि आजसम्म सर्वपक्षिय र सर्ववर्गिय हक, हित र अधिकारका पक्षमा काम गर्दे आएको छ।’ उहाले भन्नुभयोे, ‘आफनै दम्भ र घमण्डका कारण दुई तिहाईको जनमत प्राप्त नेकपा एमाले नेतृत्वको सरकार चलाउन नसक्नेलाई अव नेपाली जनताले भोट दिन नहुने बताउनुभयो।’
कार्यक्रममा कांग्रेस सभापति राजु थापा, फेदिखोला गाउँपालिकाका सभापति महेन्द्र थापा लगायतले नवप्रवेशी सहित सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो ।
नेकपा एमालेको गढ मानिएको फेदिखोलाका जुझारु नेता सहितको समूहले पार्टी त्यागगरेपछि नेकपा एमालेमा खेलाबैला मच्चिएको छ भने नेपाली कांग्रेस होैसिएको छ ।
आउँदो निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले जिल्ला, स्थानीय तह र वडा स्तरमा घर घर जाऔं कांग्रेस जिताऔं अभियान जिल्लाभर संचालन गर्दे आएको छ । कांग्रेसले जिल्लाभरका ९७ वटै वडामा ५÷५ जना प्रतिनिधी खटाएको छ भने नेपाली कांग्रेस केन्द्रिय कार्यालयले भने युवा नेता प्रदीप पौडेललाई जिल्लामा खटाएको छ ।