स्याङ्जा ३१ भदौ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) केन्द्रिय कमिटी सचिव पृथ्वीसुब्बा गुरुङ्ले आफनो पार्टीलाई चौतर्फी आक्रमण भएको बताउनुभएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी स्याङ्जाद्धारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे गुरुङ्ले सरकार, निर्वाचन आयोग र अदालतले समेत हाम्रा पार्टीको विपक्षमा काम गरेको आरोप लगाउनुभएको हो ा
‘माधव नेपाललाई सोधीसोधी सरकारले अध्यादेश ल्याएर २० प्रतिशत पु¥याएर नेकपा एमाले फुटाउने काम ग¥यो।,’ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङ्ले भने,‘ अवको स्थानीय निर्वाचनमा अत्याधिक बहुमतले बिजयी हुन्छौ।’
जनताको बहुदलीय जनवादको सिद्धान्त बोकेको पार्टी भएकाले युवाहरुको आकर्षण बढेको दावी गर्नुभयो ।
यसैगरी, नेकपा अर्का सचिव योगेश भट्टराईले नेकपा एमाले दुर्घटनामा परेको बताउनुभयो ।
उहाले भन्नुभयो ‘नेकपा एमाले सकिएको होइन अहिले दुर्घटनामा परेको छ। फेरि एकता हुन्छ। ठूलो पार्टी बन्छ।’
पार्टीमा फुट आएपछि सबै कार्यकर्ताका मन रोएको उनले बताए। एकताका लागि पटक पटक प्रयास गरे पनि सफल हुन नसकेको उनले भने।
‘यसपटक एकता जोगिएन। फेरि एकता हुन्छ। बिभाजितबीच एकता भयो भने माओवादी पनि नजिकैछ।’ पूर्व मन्त्री समेत रहेका भट्टराइले थप्नुभयो ‘दुई पार्टीपछिको एकिकरणपछि प्रतिस्पर्धा भने कांग्रेससंग हो। कांग्रेस हाम्रो सहयात्री हो। तर, मुख्य प्रतिद्धन्द्धी पनि। उससंग कसरी जोगिने भन्ने कुरामा हामीले हेक्का राख्नुपर्छ।’
भेलामा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री पदमा अर्याल, पूर्वमन्त्री खगराज अधिकारी, पोलिटब्यूरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्य सीता सुन्दास, नेकपा एमाले स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस, उपाध्यक्ष उदय श्रेष्ठ, सचिव सुधिरकुमार पौडेल लगायतले पार्टीका गतिबिधीका बारेमा जानकारी गराउदै नेकपा एसमा लागेका आफना सहयात्रीलाई फर्केर आउन आग्रह गर्नुभयो ।
Tuesday, October 21
Trending
- बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
- चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
- झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
- जजकमा आरोपित खवास पक्राउ
- स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
- स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
- बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
- गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत