स्याङ्जा, २१ पुस । नेकपा एमाले स्याङ्जाले आठौं जिल्ला अधिवेशनको तयारी पुरा भएको जनाएको छ ।
स्याङ्जा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलन मार्फत सो को जानकारी गराइएको हो । नेकपा एमालेले सातौं अधिवेशन २०६९ साल माघ २६ गते भएपछि झण्डै ९ बर्षपछि आठौं अधिवेशन गर्न लागेको हो । सातौं अधिवेशनले पदमा अर्याललाई निर्वाचित गरेको थियो ।
त्यसपछि उहाँ केन्द्रिय सदस्यमा निर्वाचित भएपछि कार्यवाहक मिनप्रसाद गुरुङ्ले पाउनु भएको थियो । त्यसपछि नेकपा माओवादीसंग एकता पछि पुन सूर्यप्रसाद गैह्रे पारस अध्यक्ष भई हालसम्म क्रियाशिल रहनुभएको छ । अधिवेशन सम्पन्न गर्न बिभिन्न १० उपसमिति निर्माण गरिएको छ ।
पुस २३ गते शुक्रवार सदरमुकाम स्थित सभागृहमा उदघाटन कार्यक्रम रहेको छ । भर्चुअल माध्यमबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकसाथ मुलुकभर उदघाटन गर्ने कार्यक्रम रहेको र त्यसपछि जिल्लामा भने नेकपा एमाले केन्द्रिय सचिव पदमा अर्यालले उदघाटन गर्ने प्रचार प्रसार उपसमितिका संयोजक राजेन्द्र डुम्रेले जानकारी दिनुभयो ।
अधिवेशनले ५ पदाधिकारी सहित १०५ जिल्ला कार्यसमिति चयन गर्नेछ । अध्यक्ष, उपाध्यक्ष, सचिव, २ उससचिव निर्वाचित गर्ने भएको छ । नेकपा एमालेका जिल्लाभर १३ हजार ६ सय ६८ संगठित सदस्य छन भने झण्डै ७ सय ३० प्रतिनिधी हुने बताइएको छ । अधिवेशन ३ दिनसम्म रहने र सकेसम्म सहमतिय आधारमा निर्वाचित गरिने संयोजक डुम्रेले बताउनुभयो ।
अहिलेसम्म आधिकारिक रुपमा अध्यक्ष तथा पदाधिकारीले आ आफना उम्मेदवारी आधिकारिक रुपमा घोषणा गरिनसकेको पनि उहाले दावी गर्नुभयो ।
Monday, April 21
Trending
- मोटरसाईकल चोरीको आरोपमा २ जना प्रहरी नियन्त्रणमा
- माछा मार्ने बिद्युत्तीय सामान सहित खोलामेै मृत भेटिए सेन
- जवरजस्ती करणीको आरोपमा ५५ बर्षिय दमै पक्राउ
- चोरी र सवारीसाधन तोडफोडआरोपमा चार बालक पक्राउ
- सात तोला ९६ लाल सुन सहित अर्याल पक्राउ
- पहिलो वार्षिकोत्सबमा शुभकामना, भित्तेपात्रो विमोचन सहित सम्मान कार्यक्रम
- मेलमिलाप सम्बन्धि आधारभूत तालिम सुरु
- पचास दिने प्लम्बिङ तथा इलेक्ट्रिकल रिपियरिङ तालिम